सनसिटीका २ सय ९६ जनाको र्‍यापिड टेष्ट सम्पन्न, सबैको रिपोर्ट नेगेटिभ

0
Shares

भगवती तिमल्सिना,काठमाडौं ।

काठमाडौंको पेप्सीकोलामा रहेको सनसिटी अपार्टमेन्टमा आज विहान ९ बजेबाट २ सय ९६ जनामा गरिएको ‍र्यापिड टेष्टमा सबै जनाको रिपोर्ट नेगेटिभ आएको बुझिएकोछ । स्वास्थ्य मन्त्रायलबाट खटिएको टोलीले आज ए ब्लकका २ सय ४३ जना अन्य चारवट ब्लकका ५३ जना बुढाबुढीको गरि जम्मा २ सय ९६ जनाको र्यापिट टेष्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्यकर्मीहरुले जानकारी गरएको अपार्टमेन्टकै एक सदस्यले जानकारी गराए ।

उक्त अपार्टमेन्टमा १ गते र्यापिट ट्ष्ट गर्दा बिदेशबाट फर्किएको एउटा परिवारका ३ सदस्यमा पोजेटिभ देखिएपछि पाटन अस्पतालमा भर्ना गरि पीसीआरमार्फत गरिएको परीक्षणमा दुईजनाको पोजेटिभ रिपोर्ट आएको थियो ।

उनीहरुको घरमा सहयोग गर्दै आएका दुईजना सहयोगीहरुको पनि र्यापिट टेष्ट गर्नुका साथै स्वाब नमूना संकलन गरि स्वास्थ्य टोली फर्किएको ती सदसयले नोपाल समाचारपत्रलाई जानकारी गराए ।

यता इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.बासुदेव पाण्डेले स्वास्थ्य टोली फर्किनसकेको र के कतिको परिक्षण भयो र रिपोर्ट के आयो भन्ने बारेमा थप जानकारी आई नसकेको बताउनुभयो । उहाँले ब्लक एमा रहेका २ सय ४३ जनाको परिक्षण गर्ने लक्ष्यका साथ टोली बुधबार विहानै सनराईज पुगेको बताउनुभयो ।