लमजुङमा चट्याङले एक घर जलेर नष्ट, ६ पशुचौपाया मरे

0
Shares

शिक्षा पन्त,लमजुङ ।

लमजुङमा गत सोमबार राति परेको चट्याङले घर जल्नुका साथै पशु ६ पशुचौपाया मरेका छन् । सुन्दरबजार नगरपालिका ११ तुर्लुङकोटमा एक घर चट्याङले जलेर नष्ट भएको हो ।

स्थानीय कुलप्रसाद पाण्डेको घरमा रहेको मिटर बक्समा चट्याङ लागेर आगो सल्कीएपछि पूर्ण रुपमा जलेको प्रहरी नायव उपरीक्षक रविन्द्रमान गुरुङले बताउनुभयो । उहाँका अनुसार पाण्डे सामान्य घाइते भएको र स्थानीय मेडिकलमा उपचारपछि फर्किएका छन् ।

राति साँढे ११ बजेतिर चट्याङ लाग्दा उनको घरमा आगलागी भएको थियो । सुन्दरबजार नगरपालिका ४ अर्चल्यानीमा पनि स्थानीय बुद्धि बस्यालको गोठमा चट्याङ लागेको छ । चट्याङले एउटा गाई र एउटा भैंसी मरेको छ ।

मानवीय क्षति भने भएको छैन । त्यस्तै सोमबार रातिकै चट्याङले दूधपोखरी गाउँपालिका २ विचौरमा चारवटा बाख्रा मरेको छ । विचौर डुङडाँडाका ६५ बर्षीय कृष्णप्रसाद अर्यालको खोरमा रहेको बाख्रा मरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय विचौरका प्रहरी नायव निरीक्षक मनोजकुमार चौवेका अनुसार अर्यालको खोरमा रहेको तीनवटा माउबाख्रा आगो लागेर जलेर नष्ट भएको छ । एउटा मरेको अवस्थामा छ । एउटा घाइते अवस्थामा रहेको उहाँले बताउनुभयो ।

घरभन्दा करिव १ किलोमिटर टाढा राखिएको काठको कटेरोमा ५ वटा माउबाख्रा थियो । चट्याङबाट मानवीय क्षति भने भएको छैन । करिव ७५ हजार रुपियाँ बराबरको चौपाया क्षति भएको प्रहरीले जनाएको छ ।