कोरोना संक्रमित भेटिएपछि सप्तरीका दुई स्थानीय तह सिल गरियो

0
Shares

न्युज अफ नेपाल,सप्तरी ।

मंगलबार आरटिडी परिक्षणका क्रममा दुई जनामा कोरोना संक्रमण देखिएपछि पछि सप्तरीका दुई स्थानीय तह सिल गरिएको छ ।दुवै स्थानीय तहमा पूर्णरुपमा आवतजावत बन्द बन्द गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।

जिल्ला सुरक्षा समितिको निर्णय अनुसार जिल्लाको खडक नगरपालिका र तिलाठी कोईलाडि गाउँपालिका सिल गरिएका छन् ।गजेन्द्रनारायण सिंह अस्पताल राजविराज सप्तरीमा मंगलबार र्‍यापिड टेस्ट गर्दा खडक नगरपालिका ११ का ५१ वर्षीय र तिलाठी कोईलाडि गाउँपालिका १ का ५४ वर्षीय पुरुषमा कोराना पोजेटिभ देखिएको थियो। उनीहरुलाई अस्पतालको आईसोलेसनमा राखिएको छ ।

यसैगरी, दिल्लीको निजामुद्दीनस्थित तबलिगी जमातमा सहभागी भएका तथा भारत र अन्य मुलुकबाट हालै नेपाल फर्किएकाहरुको समेत स्थानीय प्रशासनले खोजी गरिरहेको छ।वुधबारम्म ५ महिलासहित २४७ जनालाई सप्तरीका विभिन्न क्वारेन्टाईनमा राखिएको बताईएको छ ।