ठूलो परिमाणमा घरेलु मरिदा बरामद


घनश्याम बगाले, नवलपरासी ।

पूर्वी नवलपरासी, गैडाकोट १६ भित्री सडकको वन क्षेत्रबाट मंगलबार ठूलो मात्रामा घरेलु मदिरा बरामद भएको छ ।

प्रहरीका अनुसार रजहर ईलाकाको गस्ती टोली बाह्रकोल तर्फ जाने क्रममा करिव ८ सय लिटर घरेलु मदिरा बरामद गरेको हो ।

स्थानीय बाह्रकोलको वनमा प्रहरीको गस्ती टोली देखे पछि गाउबाट मदिरा ओसार्ने समूह उक्त मदिरा छाडेर भागेको थियो ।

बरामद मदिरा स्थानीय जनप्रतिनिधि, प्रहरी र बुद्धिजीविको रोहवरमा सो मदिरा नष्ट गरिएको जिप्रका पूर्वी नवलपरासीले जनाएको छ ।