चन्द्रागिरी सरोकार समाजद्वारा दुई हप्तामै दोस्रोपटक रक्तदान

0
Shares

न्यूज अफ नेपाल,काठमाडौं । 

पहिलो पटक गत चैत २० गते रक्तदान कार्यक्रम आयोजना गरेको चन्द्रागिरी सरोकार समाज, चन्द्रागिरीले बैशाख २ गते दोस्रोपटक रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

दुई हप्ताको अन्तरालमा समाजद्वारा चन्द्रागिरी नगरपालिका वडा नं ८ मा आयोजना गरिएको दोस्रोपटकको रक्तदान कार्यक्रममा २९ जनामध्ये २३ पुरुष र ६ जना महिलाले रक्तदान गरेको समाजका अध्यक्ष सरोज थापाले बताउनुभयो । गत चैत २० गते चन्द्रागिरी नगरपालिका वडा नं २ मा आयोजना गरिएको कार्यक्रममा भने २३ जनाले रक्तदान गरेका थिए ।

चन्द्रागिरी नगरका नेपाली काँग्रेसका स्थानीय नेतासमेत रहेका अध्यक्ष थापाका अनुसार रक्तदान कार्यक्रममा १८ देखि २५ वर्ष उमेर समूका १० जना, २६ देखि ४५ वर्षका १८ जना र ४९ देखि ६० वर्ष उमेरका एकजनाले रक्तदान गरेका थिए ।

विश्वव्यापी महामारी कोरोना भाइरस कोभिड—१९ को कारण मुलुकभर लकडाउन गरेका कारण विभिन्न अस्पतालहरुमा रगतको अभाव खट्किएपछि समाजले दोस्रोपटक रक्तदान गरिएको हो । नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा सो रक्तदान आयोजना गरिएको थियो ।