अछाममा २ सय २६ जनाकै रिर्पोट नेगेटिभ

0
Shares

धमेन्द्र बिसी, अछाम ।

अछाममा कोरोना भाइरस परीक्षणका लागी संकलन गरिएको २ सय २६ जनाकै रिर्पोट नेगेटिभ आएको छ ।नेपाली सेनाको हेलिकप्टर मार्फत अछाममा दुई दिन लगाएर स्वाब संकलन गरिएको थियो । संकलन गरिएको सबै रिर्पोट नेगेटिभ आएको स्वास्थ कार्यालय अछामका प्रमुख झनक ढुंगानाले जानकारी दिए ।

अछामको बयालपाटा अस्पतालबाट ५१ जना,मंगलसेन नगरपािलकाबाट १ सय ७ जना र कमलबजारबाट ६८ जनाको स्वाब संकलन गरिएको थियो ।शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु काठमाडौंमा गरिएको परीक्षणबाट २ सय २६ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।