आफन्त भेटेर घर फर्किँदै गरेकी एक युवतीमाथि सामुहिक बलात्कार

0
Shares

न्युज अफ नेपाल,कैलाली ।

कैलालीमा आफन्तलाई भेटेर घर फर्किदै गरेकी एक युवतीमाथि सामुहिक बलात्कार भएको छ । उनी जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर १ चनौरामा रहेका आफन्तलाई भेटेर घर फर्किदै गरेकी थिईन् ।

 उनी माथि  सामुहिक बलात्कार गरेको आरोपमा मंगलबार चार जनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका वडा नम्बर ४ का २० वर्षीय नरेश नेपाली, २१ वर्षीय अर्जुन सावद, २० वर्षीय निर्मल चौधरी र २४ वर्षीय नरेश भट्ट रहेको प्रहरीले जनाएको छ ।

युवतीमाथि बलात्कार भएको जानकारी पाएपछि तत्काल घट्नास्थल पुगेको ईलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले बलात्कारमा संलग्न चारै जनालाई पक्राउ गरेको जनाइएको छ ।