क्वारेन्टाइन बस्दै आएका ३२ जना अबेर राती घर पठाईए

0
Shares

सञ्जय कार्की, बैशाख ।

रौतहटको चन्द्रपुर– ६ मा रहेको क्वारेन्टाइन बस्दै आएका ३२ जना लाइ आइतवार राति अबेर घर पठाइएको छ । गुजरा नगरपालिकाको उपप्रमुख रौषन खातुनको जिम्मा लगाएर पठाइएको छ । गत चैत्र २६ गते उक्त क्वारेन्टाईनमा बस्दै आएका ५८ जना मध्य ४६ जनाको स्वाव परिक्षण गर्दा रिर्पोट नेगेटीभ देखिएपछि १४ दिन भन्दा बढि बस्दै आएका ३२ जना लाई घर फकाईएको छ हो । ]

प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरले क्वारेन्टानमा बस्दै आएका ५० जनाको स्वाव संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा पठाएपछि उनीहरुको रिपोर्ट नेगेटिभ आएको हो । तीन जनाको रिर्पोट आउन बाकी रहेको छ भने एक जनाको पुन परिक्षण गर्नु पर्ने भएको छ ।

चन्द्रपुर नगरपालिका निबासी ७ जना र गुजरा नगरपालिका निबासी २५ जना लाई घर फर्काइएको जनाइएको छ ।रिपोर्ट नेगेटिभ आएपछि एकै पल्ट ठुलो संख्याका लाई घर फकाईएको हो । इलाका प्रशासन कार्यालय चन्द्रपुरका उपसचिव चेतराज बरालले स्वाब परिक्षण गर्दा रिर्पोट नेगेटीभ देखिए पछि घर फर्काइएको बताउनु भयो ।

३२ जना घर फर्काएपछि अब उक्त क्वारेन्टाईनमा बस्नेको संख्या २६ रहेको छ । चन्द्रपुर, बृन्दाबन, गुजरा र गढीमाइ नगरपालिकाले ५० लाखको बजेट बाट चन्द्रपुर–६ स्थित एन्फा एकेडेमीको भबनमा संयुक्त रुपमा क्वारेनटाईन बनाएको हो । रौतहटको बिभिन्न २६ स्थानमा बनाइएको क्वारेन्टाइनमा ८ सय ३६ वेड रहेको छ ।

२५ बेडको आइसोलेसन कक्ष स्थापना रहेको छ । रौतहटको क्वारेन्टाईनमा बसेकाहरु मध्ये एकसय १७ जनाको स्वाव परिक्षणका लागी पठाइएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ