चीनमा कोरोना संक्रमणको जोखिम कायम

0
Shares

सांघाइ (एजेन्सी) ।

चीनले विदशीहरुको स्क्रिनिंग गर्ने र सीमा नियन्त्रण गर्ने कडा निर्णय गरेको छ । बाहिरबाट आउनेहरुमा कोरोना इन्फेक्सनमा आएको बृद्धीपछि उक्त फैसला लिइएको हो ।

चीनमा शनिबार ९९ संक्रमित पुष्टि भयो । सांघाइमा ५१ चिनियाँ नागरिक रुसबाट एउटै उडानमा आएको र उनीहरुमा कोरोना पोजिटिव देखियो । ग्वांगझु प्रान्तका मेयर वेन गुओहीले बाहिरबाट आउनेहरुमा संक्रमण बढ्दै गइरहेका छ । अब कुनै पनि देशबाट आउनेले सबै नियम पालना गर्नु पर्नेछ । हिलांगहियांग प्रान्तमा अप्रिल ११ मा रुसबाट आएका २१ जनामा कोरोना पोजिटिव भेटियो । रुससँगको सीमा अप्रिल १३पछि बन्द हुने छ , जुन अप्रिल ९ मा बन्द गरिएको थियो र आगामी हप्ता खुल्न लागेको थियो ।

चीनको स्वास्थ्य सल्लाहकार यंग नशानले वुहान पनि बाहिरबाट आउनेहरुबाट जोखिममा रहेको बताए । वुहानमा सबैभन्दा पहिला कोरोना भाइरस संक्रमण देखिएको थियो । अब अन्य देशमा कोरोना फैलिरहेकोले चीनमा यो भाइरस संक्रमण फर्कन सक्ने उनले बताए । कोरोनालाई लिएर निश्चिन्त भएर बस्ने समय अहिलेसम्म नआएको उनले बताए ।

चीनले रुसले कोरोनासँग लड्नमा मद्दत गरिरहेको र शनिबार स्वास्थ्य विशेषज्ञहरुको एक टोली मस्को पठाएको थियो । साथै एन्टी भाइरस उपकरण पनि पठाइएको थियो । चीन अब सम्म ८२ हजार ५२ जना कोरोना संक्रमणको चपेटामा आइसकेको छ । यहाँ अहिलेसम्म ३ हजार ३ सय ३९ को मृत्यु भइसकेका छ । पछिल्लो केही दिनमा चीनमा कोरोना संक्रमणको नयाँ घटना नदेखिएपछि अप्रिल ८ बाट वुहानमा यात्रा प्रतिबन्द हटाइएको छ ।