घर-घरमा पुगेर र्यापिड टेष्ट गर्दै स्वास्थ्य टोली, २३८ जनाको रिपोर्ट नेगेटिभ


विमल विष्ट, डोटी ।

सुदूरपश्चिम प्रदेशममा कोरोना संक्रमणको उच्च जोखिममा रहेको भन्दै जिल्ला स्वास्थ्य कार्यालय डोटीका स्वास्थ्कर्मी टोलीले यहाँका स्थानीयका घरमै पुगेर कोरोना भाइरसको संक्रमण भए नभएको बारे जाँच गर्न शुरु गरेको छ । सुदूरपश्चिममा अहिले सम्म ४जनामा कोरोना रोगको संक्रमण भएको पुष्टि भएको छ । शुक्रवारबाट देखि टोलीले यहाँका नौ वटै स्थानीयतहमा रहेका स्थानीयका घरमै गएर रगतबाट जाँच गरिने ¥यापिड टेस्ट सुरु गर्न थालेको हो ।

अहिले सम्म र्यापिड टेस्ट गरिएकाहरुको २३८ जनाको नतिजा नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका कोभिड–१९ का सम्पर्क व्यक्ति सुर्यहबादुर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले घर घरमा गएर र्यापिड टेस्ट गर्न सुरु गरेका छौँ, टेष्ट गरिएका सबैको नतिजा नेगेटिभ आएको छ ।”
क्वारेन्टाईनमा रहेका स्वाव संङ्कलनमा नसमेटिएका १९१ पुरुष र २२ जना महिला गरी २१३ जनामा रगतबाट गरिने र्यापिड टेस्ट (आरडिटी) जाँचमा सबैमा ‘नन रिएक्टिभ’ नतिजा आएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लाको आदर्श गाउँपालिका, बडीकेदार गाउँपालिका, सायल गाउँपालिका र बोगटान फुड्सिल गाउँपालिकामा गरी ४ वटा गाउँपालिकामा आरडिटी गरिएको हो । जसमध्ये आदर्श गाउँपालिकामा २३ पुरुष र २ महिला गरी २५ जना, बडीकेदार गाउँपालिकामा ६२ पुरुष र १ महिला गरी ६३ जना, सायल गाउँपालिकामा २० पुरुष र ५ महिलागरी २५ जना र बोगटान फुड्सिल गाउँपालिकामा ८६ पुरुष र १४ गरी १०० जनाको रगत जाँच गरिएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।

त्यस्तै शनिवारदेखि होम क्वारेन्टाइनमा बसेकाहरुको समेत र्यापिड टेस्ट (आरडिटी) परीक्षण शुरु भएको स्वास्थ्य कार्यालयका प्रमुख मलासीले बताउनुभयो । जसका लागि जिल्लाका नौ वटै स्थानीय तहसँग लकडाउन हुनु भन्दा पहिले भारतबाट आएकाहरुको तथ्यांङ्क माग्ने काम भईरहेको पनि उहाँले जानकारी दिनुभयो । उता सुदूरपश्चिम प्रदेशकै तराइका दुइ जिल्ला कैलाली र कञ्चनपुरमा गरिएको कोरोना जाँचको र्यापिड टेस्टमा २३८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रादेशीक प्रयोगशाला धनगढी सहित टोलीले ¥यापिडटेस्ट किटमार्फत उक्त टेस्ट गरेको थियो ।

जिल्ला स्वाथ्य कार्यालयले सबै स्थानीयतहका लागि आलग अलग स्वास्थ्यकर्मीको टोली बनाएर र्यापिड टेस्टका लागि पठाएको छ । ¥यापिड टेस्ट रगत जाँचबाट गर्ने हुँदा नतिजा समेत चाडै आउने गर्दछ । त्यस्तै जिल्लाका नौवटा स्थानीयतहले निर्माण गरेका १२ वटा क्वारेन्टाइनमा रहेका ३३० जनाको कोरोना परीक्षणका लागि नमूना सङ्कलन गरिएको छ । उनीहरुको नमुना परिक्षणका लागि काठमाण्डौँ पठाइएको छ ।

स्वाव सङ्कलन गरिएको रिपोर्ट नेगेटिभ आओस भन्दै जिल्लाबासी कामना गरिरहेका छन् । भारतका बिभिन्न शहरबाट कामगरी घर फर्किई क्वारेन्टाइनमा राखिएकाहरुको स्वाब सङ्कलन गरिएको हो । क्वारेन्टाइनमा राखिएकाहरुको बुधवार मात्रै नमूना अर्थात स्वाव सङ्कलन गर्न गरिएको थियो । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड–१९ ) को संक्रमणका बिरामीको संङ्ख्या बढेपछि तथा भारतबाट आएका नागरिक पनि बढी भएकाले उनीहरुको स्वाव सङ्कलनका लागि विशेषज्ञ डाक्टर सहितको टोली डोटी आइपुगेको थियोे । जिल्लाको बोगटान फुड्सिल गाउँपालिकाको खत्याडीबाट सबैभन्दा बढी नागरिकको स्वाव सङ्कलन गरेको छ ।

उक्त गाउँपालिकामा सबै भन्दा बढी भारतबाट काम गरी आएका नागरिक क्वारेन्टाइनमा भएका कारण बढी मात्रामा स्वाव सङ्कलन भएको कोभिड–१९ डोटीका सम्र्पक व्यक्ति सूर्यबहादुर विष्टले जानकारी दिनुभयो । उक्त गाउँपालिकामा दुइ जना सुरक्षाकर्मी सहित ७६ जनाको स्वाव सङ्कलन गरिएको छ । जिल्लाका ६ ठाउँमा स्वाब सङ्कलन गरिएको थियो ।

जिल्लाका नौ स्थानीयतह मध्ये केआइसिंह गाउँपालिका र दिपायल सिलगढी नगरपालिकाका लागि राजपुर, बोगटान फुडसिल गाउँपालीकाका लागि चवराचौतारा, जोरायल र बडीकेदार गाउँपालिकाका लागि बिपिनगर, आदर्श र सायल गाउँपालिकाका लागि मौवा र शिखर नगरपालिकाका लागि धुर्कोट र बन्लेकमा स्वाब परिक्षण सङ्कलन केन्द्र तोकिएको थियो ।

स्वाव सङ्कलन गरिएकाहरुको रिपोर्ट तिनदेखि चार भित्रमा आउने जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा भारतबाट कामगरी फर्किएका दुइजना युवामा कोरोना भाइरस (कोभिड–१९ ) को संक्रमण देखिएपछि अहिले यहाँका सबै प्रदेशमा उच्च सर्तकता अपनाउन थालिएको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि यहाँका स्थानीय सरकारले लकडाउनमा थप कडाइ गर्नुका साथै आवत जावतमा पूर्ण बन्देज गरेको छ ।