तीन जना कर्मचारी बर्खास्त

0
Shares

सञ्जय कार्की,रौतहट ।

रौतहटको गढीमाई नगरपालिकाले करारका तीन जना कर्मचारीलाई आईतबार सेबा बाट बर्खास्त गरेको छ । जनमानसमा राहत बितरणको सम्बन्धमा भ्रम सृजना गरेको भन्दै गढीमाई नगरपालिकाले स्वास्थ्य चौकीका अहेव सुनीलकुमार यादव, कार्यालय सहयोगी रौशनकुमार कलवार र ६ नम्बर वडा कार्यालयका कार्यालय सहयोगी दिलिप साहलाई बर्खास्त गरेको हो ।

पदीय दायित्व बिपरित उनीहरुले राहतको सम्बन्धमा श्रब्यदृष्य बनाई सामाजिक संजालमा पोस्ट गरेर मानिसहरु लाई दुस्प्रचार गरेको आरोपमा बर्खास्त गरिएको हो । बर्खास्त तीन जना कर्मचारी सहित पाँच जना लाई कारबाहीको लागि ईलाका प्रहरी कार्यालय गरुडामा पत्राचार गरिएको गढिमाई नगरपालिकाले जनाएको छ ।

स्थानीय व्रज यादव र मोहन पण्डित समेत लाई कारबाहीको माग गरिएको छ । सो नगरपालिकाको वडा नम्बर ६ मा बितरण गरिने राहत सामग्री नगरप्रमुख र कर्मचारीको मिलोमतोमा अनियमितता गरेको दुस्प्रचार गरेको भन्दै उनीहरूलाई बर्खास्त गरिएको नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत श्यामप्रसाद यादवले बताउनु भयो ।

सो वडामा राहत सामग्री बितरणको लागि ५ सय ६५ जनाको नाम संकलन भएको जनाइएको छ ।