चेम्बर अफ कर्मस रसुवाले धुन्चे बजार हातामा मास्क र सावुन वितरण


सरस्वती न्यौपाने, रसुवा ।

जिल्लाको गोसाईकुन्ड गाउँपालिका वडा नम्बर ६ धुन्चेमा चेम्बर अफ कर्मसले वजार हातामा मास्क, सावुन र पायक पर्नै ठाउँमा बाल्टिन राखेको छ।

चेम्बरका अध्यक्ष सन्जिव अमात्यका अनुसार वडा नम्बर ६ को कार्यालयको समन्वयमा अध्यक्ष लगाएत चेम्बरका प्रमोद कुमार तितुङ, प्रशुन राज गुरूङले वजार हाता पायक पर्ने ठाउँमा वाल्टिन सावुन राखि घर घरमा मास्क र सावुन वितरण गरिएको हो ।