बाजुराका विपन्न परिवारलाई राहात सामाग्री वितरण गरिदैं


दयाराम पण्डित, बाजुरा ।

विश्वभरि फैलिएको कोरोना संन्त्रासको प्रभाव बाजुराका गाउँमा पनि परेको छ। यतिवेला बाजुराका नौ वटै स्थानीय तह कोरोना महामानरीवाट कसरी बच्ने भन्ने उपाय खोजीरहेका छन् ।

सदरमुकाम मार्तडी कोल्टी र बाम्का लगायतका बजारमा पूर्ण रुपमा लकडाउनको प्रभाव परेको देखिन्छ । ग्रामीण क्षेत्रमा सामान्य हिडडुल गरिहेका छन् । कृषकले बस्तुुभाउका लागि घांसपात र खेतीवारीका काम निरन्तर छन् ।

यतिवेला स्वस्थ्यकर्मी सुरक्षा कर्मी र जनप्रतिनीधि पनि उत्तीकै खटिएका छन् । दैनिक ज्यालाधारी गरी खानेको चुलो निभ्न थालेपछि वडा तथा पालिका स्तरवाट खाद्यान्न लगायत आवस्यक सामाग्री वितरण गरिदै आएकाछन् । बाहरिवाट आएकाले खोजी खोजी क्वारेन्टाइनमा राखिएका छन् भने गाउँपसेकालाई स्थानीय युवाले घरवाट बाहिर निस्कन दिएका छैनन् ।

यसैपनि घरको अनाज सकिएको र खेतवारीको अनाज पाकी नसकेकोले बाजुराका अधिकांस स्थानीइतहमा प्राय खाद्यन्न संकट हुने गर्दछ । ग्रामीण क्षेत्रमा दीनभर काम गरेर विहान बेलुकी छाक टार्नेलाई बन्दा बन्दीको नराम्रो असर परेको छ। विकास निर्माणका काम ठप्प छन् । ससाना कुटीर उद्योग तथा ब्यपार ब्यसाय पनि बन्द भएका छन् । गिट्टी वालुवा वसारी दैनिक गुजरा चलाउने थपमारमा परेका छन् ।

दैनिक उपभोग्य सामान दाल चामल र सावुन वहायकका समाग्री वजारमा पाईन छोडेको छ। कोरोना त्रासकैकारण सदरमुकाम मार्तडीलाई धान्य स्थानीय तरकारी जोन रजालीबाट मार्तडी ल्याउन बन्द गरिएसंगै सागतरकारीको पनि हाहाकार हुन थालेकोछ । बाहरिवाट आयातगरिने फलफुल त लकडाउन भएकै केही दिनयता बन्द भएको छ ।

“उता गाउँमा कृषको तरकारी बारीमा कुहिने डर छ यता बजारमा सागतरकारी नपाइरहेको अवस्थाछ । कृषकको आम्दानी सून्यप्रय भएको छ ।” बडीमालिका नगरपालिका वडा नं ३का वडाअध्यक्ष बीरबहादुर रावलले भन्नुभयो ।

नोवेल कोरोना भाइरस ले विश्व समुदायमा त्रसित भइरहेको बेला जगन्नाथ गाउँपालिकाले पनि सरकारको निर्णयलाई साथ दिदै सो गाउँपालिका भित्र रहेका अति विपन्न गरिबी र दैनिक ज्यालादारी गर्ने घर परिवारलाई राहत खाद्य सामाग्री वितरण गरेको बताइएको छ ।

जगन्नाथ गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष कटक बहादुर विष्टको नेतृत्व र अन्य सुरक्षाकर्मी कर्मचारीको उपस्थितिमा सो वडाका अति विपन्न गरिबी १६ वटा घर परिवारलाई एक एक कट्टा चामल, तेल, नुन, वितरण गरिएको छ।

त्यसैगरी बडीमालिका नगरपालिकाले अति विपन्न परिवारका लागि राहत प्याकेज घोषणा गरेको छ । ज्याला मजदुरी गरीखाने परिवारका लागि दैनिक जीवनयापन गर्न सजिलोका लागि राहत प्याकेज ल्याएको नगर प्रमुख पदम बडुवालले बताउनुुभयो । नगर कार्य पालिकाको बैठकबाटै राहत प्याकेज घोषणा गरिएको नगर प्रमुख बडुवालको भनाई छ ।

उपलब्ध नगर सभा सदस्यहरुको बैठकबाट अति विपन्न परिवार पहिचान गरी तत्काल राहत उपलब्ध गराउने निर्णय गरिएको छ । तत्कालको समस्या टार्न चार जनासम्मको परिवारका लागि ३० केजी चामल, २ केजी दाल, २ केजी नुन, २ लिटर तेल, २ केजी चिनी र २ वटा साबुन दिने गरि राहत प्याकेज ल्याएको नगर उपप्रमुख कविता विष्टले जानकारी दिनुुभयो ।

नगर भित्रका नौ वटै वडामा बसोबास गर्ने ज्याला मजदुरी गरि खाने परिवार, अति विपन्न परिवार र एकल महिला तथा वृद्धवृद्धा मात्र भएको घरको पहिचान गरि राहत दिने निर्णय नगरपालिकाले गरेको छ । लक डाउनको समयमा पर्न गएको असुविधा र असहजतालाई संवोधन गर्न नगरपालिकाले राहत प्याकेज नगरउपप्रमुख विष्टले बताउनुुभयो हो ।

करिब २० हजारको हाराहारीमा जनसंख्या रहेको नगरपालिका भित्रका प्रत्येक बस्तीमा गएर वडा अध्यक्ष संयोजक रहेको समितिले घरधुरी पहिचान गर्ने र त्यसैका आधारमा राहत स्वरुप उपलब्ध गराउने भनिएको खाद्यन्न सम्बन्धीत वडामा पुर्याउने तयारी नगरपालिकाले गरेको छ ।