एक घर एक रक्तदाता अभियानले रगत मौज्दातमा सुधार

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

कोरोना भाईरस (कोभिड १९)का कारण लकडाउनको अवस्थामा रगतको अभाव हुन नदिन नेपाल रेडक्रस सोसाईटी महाबौद्ध उपशाखा र काठमाडौं जिल्ला शाखाले संयुक्त रूपमा “एक घर एक रक्तदाता” अभियान शुरू गरेको दोस्रो हप्तामा प्रवेश गरेको छ ।

यस अभियान अन्तर्गत नेपाल रेडक्रस सोसाईटी महाबौद्ध उपशाखाको संयोजनमा ढोकाटोल काठमाडौं निवासी जेन शाहीको अगुवाईमा भक्तपुर रक्त संचार केन्द्र (ब्लड बैंक) मार्फत शनिबार रगत संकलन गरिएको छ। कामपा १९ वडाको ईनायटोल, ढोकाटोल, ताम्सीपाखा, नरदेवी र ढल्कोका १८ जना स्थानीयले रक्तदान गरेका छन् ।

‘लकडाउनको समयमा रगतको अभाव भएको फेशबुकमार्फत जानकारी पाएकोले साथीहरुलाई रक्तदानको लागि अपिल गर्यौ । जेन शाहीले बताए, ‘घरघरमा आएर रगतको संकलन गरिने जानकारी प्राप्त भएपछि आफ्नै घरमा रेडक्रस सोसाइटीका सहकर्मीहरुलाई बोलाएर यो रक्तदान कार्यक्रम गरेका हौं ।’सो अपिललाई सहर्ष स्वीकार्दै स्थानीयले घरदैलो मै रक्तदान गरेको शाहीले बताए।’यस्तो महामारीको अवस्थामा रगतको अभावले थप कसैको ज्यान गुमाउनु नपरोस् भनेर यो कार्यक्रमको अयोजना गरेको हो ।’ शाहीले स्पस्ट पारे ।

पहिलो पटक रक्तदान गर्नु हुने ३० बर्षीय निरज महर्जन आफैले रत्तदान गरेर पुण्य कमाएँ भन्नु हुन्छ र नियमित ३-३ महिनामा यसरी नै रगत दान सवैले गर्नु पर्ने आवश्यकतालाई अझ व्यापक प्रचार प्रसार गर्नु पर्ने कुरामा आयोजकले ध्यान दिनु पर्ने बताउनु हुन्छ।

यस्तो लकडाउनको समयलाई चुनौतीको रुपमा सामना गरेर रक्तदान कार्यक्रम गर्दा व्यक्तिगत सुरक्षाको सबै साधन अपनाइ सावधानिक रुपमा रक्तदान सम्पन्न गरेको महाबौद्ध उपशाखाका सभापति योगेश कुमार शाहीले बताउनु भयो। प्रत्येक घरपरिवारवाट एक जनाको दरले नियमित रगत दान गर्ने हो भने हालको अभाव सामान्य हुनेछ ।

“एक घर एक रक्तदाता” अभियानले महामारीको अवस्थामापनि व्यापकता लिएको देखिन्छ।” उपशाखाका सचिव प्रकाश अमात्यले जानकारी दिनु हुन्छ । “सामाजिक दुरी कायम गरी संक्रमणको सुरक्षा व्यवस्थापन कायम गरी घर दैलोमा रगत संकलन गरिने भएको हुँदा यसले रक्त संकलन र संचारमा नौलो अभ्यासको थालनी गर्ने छ ।” अमात्य उत्साहित देखिन्छन् तर यसलाई निरन्तरता दिन उत्तिकै चुनौतिपुर्ण रहेको औंल्याउँदै प्रत्येक रक्तदाता लाई तीन तीन महिनामा नियमित रक्तदान गराउन प्रोत्साहन गराईने रणनिति भएको बताउनु भयो ।

पछिल्लो समय रक्तदाता घरघरमै सीमित भएकोले स्वास्थ्य क्षेत्रमा रगतको अभाव चुलिएको छ । त्यसैले पनि रेडक्रसले घरदैलो रगत संकलन अभियानलाई तीव्र बनाएको छ । यस अभियान गएको साता शुक्रवार देखि संचालनमा आएको हो र सामुहिक प्रयासबाट हाल भक्तपुर ब्लड बैकमा १००० युनिट रगत मौजात रहेको जानकारी रक्त संचार केन्द्रका प्राविधिक दामोदर नकर्मीले जानकारी दिनु भयो। अवको दिनमा दिनहुँ २०० युनिट रगत संकलन भैदियो भने उपत्यकामा रगत अभाव हुने छैन ।

लकडाउनको समयमा रगतको अभाव हुन नदिन रक्तदान गरेका व्यक्तिहरु :

१.जेन शाही

२.रितेश शाही

३.निरज महर्जन

४.कुमार खड्गी
५.कमला शाही
६.प्रिसल शाही
७.अमन भुजेल
८.प्रगुन महर्जन
९०कविर कुमार शाही
१०.आशा काजी डंगोल
११.सुमन भन्डारी
१२.प्रविन खड्गी
१३.०अनित खड्गी
१४.रिक्चना शाही
१५.लक्ष्मी खड्गी
१६.प्रवीन महर्जन
१७.बाल कृष्ण महर्जन
१८.उज्जव श्रेष्ठ

थप ११ जनाको स्वास्थ्य अवस्था रगत दिन मिल्ने खालको नदेखिएपछि रक्तदान नै नगरी फर्किएका थिए ।