चर्च चलाउने पास्टरहरु पक्राउपछि रिहा

0
Shares

रोशन पराजुली,हेटौंडा ।

कोरोना भाइरस संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनको बेवास्ता गर्दै शनिबार चर्च सञ्चालन गरिरहेका मनहरी गाउँपालिकाका ३ जना पास्टरलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ परेका पास्टरहरु मनहरी र सिमपानीतर्फका रहेको बताइएको छ ।

इलाका प्रहरी कार्यालय मनहरीले पक्राउ परेका पास्टरहरुलाई आगामी दिनमा लकडाउन पूर्णरुपमा कार्यान्वयन गराउने सर्तनामा गराएर छाडिएको जनाइएको छ ।

सरकारले लकडाउनको पूर्ण कार्यान्वयनका लागि आमनागरिकलाई भीडभाड हुने ठाउँमा नजान, घरमै बस्ने निर्देशन जारी गरे पनि अटेर गरी चर्च सञ्चालन गरिरहेकाले पक्राउ गरी सचेत पारिएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले जानकारी दिनुभयो ।