चट्याङ लागेर दुई जना घाइते,एउटा राँगो म-यो

0
Shares

न्युज अफ नेपाल, म्याग्दी ।

म्याग्दीको बेनी नगरपालिका–२, ज्यामरुककोटस्थित खबरामा शनिबार अपराह्न चट्याङ पर्दा दुईजना सामान्य घाइते भएका छन् । खबराका ५८ वर्षीय रत्नबहादुर घिमिरेको घरमा चट्याङ पर्दा उनको बायाँ हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी रत्नबहादुरको १७ वर्षीया छोरी सोविता घिमिरे पनि सामान्य घाइते भएको म्याग्दीका प्रहरी नायव उपरीक्षक किरणजंग कुँबरले जानकारी दिनुभयो । अहिले घाइते दुवै जनाको बेनी अस्पतालमा उपचार भैरहेको उहाँले बताउनुभयो ।

त्यस्तै चट्याङले लागेर खबराको बन्चरेढुङ्गाका लालबहादुर घिमिरेको गोठमा बाँधेको डेढ वर्षको राँगो मरेको छ भने काशिराम घिमिरेको घरमा क्षति पु¥याएको छ ।

यसैगरी चट्याङले खबराका १७ घर परिवारको बिजुलीको मिटर बक्समा क्षति पुगेको बेनपा–२, ज्यामरुककोटका वडा अध्यक्ष हिराबहादुर थापाले बताउनुभयो । उहाँले चट्याङबाट क्षति बेहोरेका पीडितलाई वडा कार्यालय र नगरपालिकामा छलफल गरी आवश्यक सहयोग गरिने जानकारी दिनुभयो ।