मिला दरै,तनहुँ ।
नोभल कोरोना भाइरस (कोभिड १९)को शंकास्पद बिरामीको स्वाब नमूना संकलन दमौलीमा नै शुरु गरिएको छ । यसअघि कोभिड १९ का शंकास्पद बिरामीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएर स्वाब दिनुपर्ने बाध्यता थियो । दमौली अस्पतालबाट नै स्वाब नमूना संकलन गरी पोखरा पठाउने गरिएको छ ।
जिल्लावासीलाई सहज बनाउनका लागि दमौली अस्पतालबाटै स्वाब नमूना संकलन थालिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार अस्पतालमा पहिलो पटक व्यास नगपालिका र म्याग्दे गाउँपालिकाका एक÷एक गरी दुई जनाको स्वाब नमूना संकलन गरी पोखरा परीक्षणका लागि पठाइएको थियो ।
यहाँ स्वाब संकलन गरी पोखरा पठाइएको रिपोर्ट नेगेटिभ आएको उहाँले बताउनुभयो । तनहुँका १० वटा स्थानीय तहका ७२० जना नागरिक विदेशबाट फर्किएका तथ्याङ्कमा छ । तीमध्ये देवघाट गाउँपालिकामा एक जना मात्रै क्वारेन्टाइनमा बसेका छन् भने एक जना जीपी कोइराला राष्ट्रिय स्वास्थ्य उपचार केन्द्रमा आइसोलेशनमा राखी उपचार भइरहेको छ ।
बाँकी सबै होम क्वारेन्टाइनमा सुरक्षितसाथ बसेका छन् । हालसम्म जिल्लाका ५ जनाको स्वाब परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।











प्रतिक्रिया