म्याग्दीमा ३३ जनाको -यापिड टेष्ट, सबैको रिपोर्ट नेगेटिभ, ६ जनाको स्वाब परिक्षणका लागि पोखरा पठाइयो

0
Shares

न्युज अफ नेपाल, म्याग्दी ।

हिमाली जिल्ला म्याग्दीमा शनिबारदेखि कोरोना भाइरस (कोभिड–१९)को र्यापिड टेष्ट सुरु भएको छ । जिल्लास्तरीय कोभिड–१९ कमाण्ड पोष्टको वैठकले निर्णय गरी चैत महिनामा विदेशबाट फर्किएका सबै प्रवासी म्याग्देलीहरुको ¥यापिड टेष्ट सुरु गरिएको हो ।

शनिबार पहिलो दिन बेनी नगरपालिका भित्रका ३३ जनाको ¥यापिड टेष्ट गरिएकोमा उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनुभयो । तीमध्ये ६ जनाको स्वाब सङ्कलन गरी थप परीक्षणका लागि पोखरा पठाइएको उहाँले जानकारी दिनुभएको छ ।

यसअघि स्वाब परीक्षण गर्नका लागि म्याग्दीबाट पठाइएको चारै जनाको रिपोर्ट पनि नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ । विगत १ महिनादेखि विदेशबाट आएका म्याग्देलीहरुको ¥यापिड टेष्ट सुरु गरिएको हो । आजदेखि बेनी नगरपालिकाबाट ¥यापिड टेष्ट सुरु गरिएको छ भने त्यसपछि क्रमशः सबै गाउँपालिकाहरुमा ¥यापिड टेष्ट गरिने भएको छ ।

स्वास्थ्य कार्यालय प्रमुख लम्सालका अनुसार आइतबार मालिका र धवलागिरी गाउँपालिकाको दरबाङमा ¥यापिड टेष्ट गरिनेछ । यसैगरी बैशाख १ गते मंगला गाउँपालिकाको बाबियाचौर, २ गते अन्नपूर्णको पोखरेबगर र ३ गते रघुगंगा गाउँपालिकाको मौवाफाँटमा ¥यापिड टेष्ट गरिने कार्यक्रम तय गरिएको छ ।

जिल्लामा विदेशबाट फर्किएका र क्वारेन्टाइनमा बसेका झण्डै १ सय जनाको ¥यापिड टेष्ट हुने भएको छ ।चैत महिनामा विदेशबाट आएकामध्ये म्याग्दीको बेनी नगरपालिकामा ३६, रघुगंगा गाउँपालिकामा ३४, अन्नपूर्णमा १५, धवलागिरीमा १५ र मालिकामा ११ जना रहेको तथ्याङ्क छ । उनीहरु सबैको ¥यापिड टेष्ट गर्ने तयारी गरिएको छ ।

¥यापिड टेष्टका लागि गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयबाट म्याग्दी जिल्लालाई २२० थान टेस्टकिट प्राप्त भएको बेनी अस्पतालका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिनुभयो । अहिले बेनी अस्पतालको फिभर क्लिनीमा दैनिक ८ जना र इमरजेन्सी कक्षमा ३० जना आउने गरेका छन् ।