लकडाउनले गौरवका आयोजनाका ढुवानी साधन बिच बाटो बाटै फर्किए

0
Shares

घनश्याम बगाले,नवलपरासी ।

राष्टिय गौरवको मेलेम्ची खानेपानी आयोजनाका लागि सिमेन्ट लिन हिडेका डेढ दर्जन ढुवानी साधन पूर्वी नवलपरासीको दुम्किबास जंगलबाट फर्किएकाछन् ।पूर्वी नवलपरासीको बिनयी त्रिवेणी गाउपालिकामा रहेको होड.सी सिमेन्ट कारखाना सर्दी जाने क्रममा ति साधन स्थानीय पालिकाले गाउं प्रवेशमा रोक लगाए पछि विच बाटो बाटै फर्किएकाहुन् ।

मेलेम्ची आयोजनको सिमेन्ट लिन आएका १७ ट्रक मध्य १४ ओटा ट्रक जंगलबासको करिव ३२ घण्टा पछि निराश हुदै फर्किएकाहुन् ।त्यसै गरी अर्को गौरवको आयोजना निर्माणाधिन पोखरा विमान स्थलबाट सिमेन्ट लिन शनिबार आएका करिव १ दर्जन ट्रक पनि स्थानीय लकडाउनकै कारण जंगलमै रोकिएकाछन् ।

गाउ पालिका अध्यक्ष डम्बर बहादुर जिसीले गाउमा कोरोना संक्रमणको जोखिम बढ्ने हुदा सिमेन्ट ढुवानीका लागि आएका साधनलाई कारखाना भन्दा २२ कि.मी दक्षिणमै रोकिएको बताउनु भयो ।
अध्यक्ष जिसीका अनुसार आयोजनाले कोरोनाको यस्तो जोखिमको अवस्थामा स्थानीय निकायसंग समन्वय नै नगरी ढुवानीका साधन पठाएकोले समस्या उत्पन्न भएको हो ।

पहिला स्थानीयको सुरक्षा नै हाम्रो चासो हो, रोगसंग सम्मmौता गर्न सकिन्न, गाउलेले बाह्य मानिसको चहल पहलले समाजमा रोग फैलने सम्भावना रहने बताएका हुदा लकडाउनको पूर्ण पालना गरेका हौं जिसीले भन्नु भयो ।

उता सिमेन्ट उत्पादक कम्पनी होड.सी शिवम प्रा.लि.ले भने कम्पनीमा यथेस्ट उत्पादित सिमेन्ट रहेकोले ढुवानीका साधन कारखानामा आईपुगे लोड गरी पठाउन कुनै समस्या नरहेको बताएको छ ।

स्थानीयसंग समन्वय गरी आए आफूहरु लोड गराउन तयार रहेको बताउदै ढुवानी मजदुरहरु जंगलमा फसेको र खाना पानी केही नपाएको गुनासो आईरहेको कम्पनीका एक अधिकृतले संचारकर्मीलाई बताउनु भयो ।

बताई अनुसार होड.सी सिमेन्ट कारखानामा लकडाउनका कारण स्थानीय मजदुरहरु विदामा गए पनि चाईनिज प्राविधिक र मजदुरहरुले सिमेन्ट उत्पादनको कामलाई निरन्तरता दिईरहेकाछन् ।

सिमेन्ट कारखाना प्रवेशको एक मात्र मुख्यद्धार दुम्किबास जंगलमा १७ ओटा मालबाहक ट्रक शुक्रबार विहान देखिनै बसेका थिए । ३ किमी पश्चिम र ८ किमी पूर्वमा रहेका दुम्किबास र अरुणखोला बजार लकडाउनका कारण बन्दछन् ।जस्ले गर्दा ढुवानी मजदुरहरुलाई खाना र पानीको पनि समस्या परेको पिडित एक ट्रक चालक सोमलालले बताए ।