बारा सिमा क्षेत्रमा सशस्त्र प्रहरी बलको उच्च सतर्कता

0
Shares

न्युज अफ नेपाल,बारा ।

सशस्त्र प्रहरी बल नेपाल न। १२ गणले बारा जिल्लाको सिमा क्षेत्रमा उच्च सतर्कता अपनाएको छ । जिल्लामा रहेको सम्पूर्ण सशस्त्र प्रहरीको जनशक्ती कोभिड-१९ नियन्त्रणको लागि सिमा तथा सोही बमोजिम आबश्यक क्षेत्रमा पारिचालन गरिएको गणका गणपती सशस्त्र प्रहरी उपरिक्षक दिग बिजय सुबेदीले बताए । सीमा क्षेत्रमा ब्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ भने स्थानीय तहहरुसँग समन्वय गरी निगरानी समिती मार्फत कार्य अगाडि बढाईएको छ ।

सशस्त्र प्रहरीले जिल्लाको भारतसगँ जोडिएको साना गोरेटो बाटोदेखि ठूला सबै नाकामा जनशक्ति खटाएर निगरानी गरिरहेको पाइएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बाराले लक डाउनको सुरुवाती देखी नै जिल्लामा थप जनशक्ति परिचालन गरेको हो ।

नियमित जनशक्ती भन्दा दोब्बर सन्ख्यामा हाल सिमा क्षेत्रमा सशस्त्र प्रहरिको जनशक्ती पारिचालन गरी कार्य गरिएको गणका गणपती सुबेदीले बताए । “सिमामा हाल हरेक पाँच सय मिटर देखी सात सय मिटरमा सशस्त्र प्रहरी खटिएको छ ।

आवत जावत रोक्नु नै खटिने सशस्त्र प्रहरिको प्रमुख दायित्व हो ।” सुबेदीले बताए । सिमामा जम्मा ७ वटा बिओपी मार्फत कार्य गर्दै आएको सशस्त्र प्रहरि बल बाराले थप ११ वटा पोस्ट निर्माण गरी फौजको परिचालन तिब्र बनाएको छ । सुबेदीका अनुसार ६० किलोमिटर सिमा रहेको बाराजिल्लाको सिमा दसगजा क्षेत्रमा मात्र ९० भन्दा बढी स्थानहरुमा सशस्त्र प्रहरिको उपस्थती रहेको छ ।

यसको अलावा सशस्त्र र जनपद दुवैले सीमावर्ती क्षेत्रमा गाडी मोबाइल गस्ती, पैदल गस्ती, मोटरसाइकल तथा साइकल गस्ती लगायतका माध्यमबाट सीमाको निगरानी गरिरहेका छन् । स्थानीय तहले पनि बिभिन्न प्रकारको जनचेतनामूलक कार्यक्रमहरुबाट अहिले सीमा क्षेत्रमा आफ्नो उपस्थिति जनाएका छन् । सशस्त्र प्रहरी बलले जिल्लामा फाल्गुण मध्य देखीनै गोलागन्ज, कबहिगोठ र मटिअर्बामा एकै पटक तीन स्थानमा कोरोना हेल्थ डेस्क स्थापना गरेको थियो ।

शनिबार मात्रै सिम्रौँनगढ नगरपालिका ८ कचोर्बा बारा निवासी बर्ष २८ का राजा यादब फाल्गुन २५ गते भारत गएकोमा भारत बाट नेपाल प्रबेश गर्ने क्रममा बिओपी गोलागन्जको फरवार्ड पोस्ट कवलपुर बाट खटिएको टोलिले नियन्त्रणमा लीइ सामकक्षि एसएसबीको टोलीलाई बुझाएको र धरानमा काम गर्ने भारत मोतिहारी पुर्बी चम्पारण धर्पन ग्रामका तीन जना ब्यक्तिहरुलाई बिओपी दक्षिण झिट्कैयाबाट खटिएको टोलिले नियन्त्रणमा लीई देवताल गापाको क्वेरन्टाइनमा राखिएको गणपती सुबेदीले बताए ।

कोरोना सन्क्रमण रोक्न सशस्त्र प्रहरिले गरेको यस्तो पहल सरहनिय रहेको र जनतामा सुरक्षाको अनुभुती भएको सुबर्ण गाउपालिका सन्तगन्जका निवासी प्रबिण शर्माले बताए । यस्तै गरी सशस्त्र प्रहरीको यो उपस्थिती दिर्घकालिन र सधैंको लागि हुनुपर्ने माग बढदै गएको कुरा स्थानिय कलैया उत्तर झितकैया निवासी हिर्दय नारायण यादबले बताए ।