डोटीका २१३ जनाको -यापिड टेस्ट नेगेटिभ

0
Shares

विमल विष्ट,डोटी ।

जिल्लाका बिभिन्न स्थानका क्वारेन्टाइनमा रहेका २१३ जनामा गरिएको कोरोना भाइरस (कोभिड–१९) ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) जाँचमा सबैको नतिजा नेगेटिभ आएको छ ।

क्वारेन्टाईनमा रहेका स्वाव संङ्कलनमा नसमेटिएका १९१ पुरुष र २२ जना महिला गरी २१३ जनामा रगतबाट गरिने आरडिटी जाँचमा सबैमा ‘नन रिएक्टिभ’ नतिजा आएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लाको आदर्श गाउँपालिका, बडीकेदार गाउँपालिका, सायल गाउँपालिका र बोगटान फुड्सिल गाउँपालिकामा गरी ४ वटा गाउँपालिकामा आरडिटी गरिएको हो ।

जसमध्ये आदर्श गाउँपालिकामा २३ पुरुष र २ महिला गरी २५ जना, बडीकेदार गाउँपालिकामा ६२ पुरुष र १ महिला गरी ६३ जना, सायल गाउँपालिकामा २० पुरुष र ५ महिलागरी २५ जना र बोगटान फुड्सिल गाउँपालिकामा ८६ पुरुष र १४ गरी १०० जनाको रगत जाँच गरिएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।

त्यस्तै शनिवारदेखि होम क्वारेन्टाइनमा बसेकाहरुको समेत आरडिटी परीक्षण शुरु गरिने स्वास्थ्य कार्यालयका प्रमुख मलासीले बताउनुभयो । जसका लागि जिल्लाका नौ वटै स्थानीय तहसँग तथ्यांङ्क माग्ने काम भईरहेको पनि उहाँले जानकारी दिनुभयो ।

उता सुदूरपश्चिम प्रदेशकै तराइका दुइ जिल्ला कैलाली र कञ्चनपुरमा गरिएको कोरोना जाँचको ‍¥यापिड टेस्टमा २३८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रादेशीक प्रयोगशाला धनगढी सहित टोलीले ¥यापिडटेस्ट किटमार्फत उक्त टेस्ट गरेको थियो ।