भारतले औषधि आपुर्ति जारी राख्ने

0
Shares

नयाँदिल्ली,एजेन्सी ।

कोभिड –१९ संग भिड्नका लागि भारतले नेपाललाई आवश्यक औषधि आपुर्ति सुचारु गर्ने तथा सिमाबाट हुने व्यापार व्यवशाय यथावत राख्ने भारत सरकारको निर्णयलाई नेपालले स्वागत गरेको छ । शुक्रवार नेपालका प्रधानमन्त्री के पि ओलीले भारतिय समकक्षीसंग टेलिफोन वार्ता गर्नुभएको थियो ।

यि दुई नेताबिच कोभिड–१९ विरुद्धको वर्तमान संघर्षबारे छलफल हुनुका साथै हाल चलिरहेको प्रयासलाई अझै मजबुत बनाउने विषयमा सहमति भएको छ ।

यस परिप्रेक्ष्यमा दुवै प्रधानमन्त्रीबिच दुवै मुलुकका जनताको उपचार र कल्याणकारी कार्यलार्इ निरन्तरता दिने सहमति भएको हो । वहाँहरु दुवैले सार्कमुलुकहरुबिच भएको भिडियो कन्फ्रेन्सले यस समस्या विरुद्ध लडन समयमै सहयोग पुगेकामो सन्तोष व्यक्त गर्नु भएको छ ।

ओलीले कोराना भाइरस संक्रमणको कारण मृत्यु वरण गर्न पुगेका भारतिय जनता र तिनीहरुका परिवार प्रति समवेदना प्रकट गर्नु भएको छ । यसैगरी मोदीले पनि वर्तमान समस्यासंग लड्न नेपाली जनताले देखाइरहेको दृढताको प्रशंसा गर्नु भएको छ ।