कालोबजारी गरेको अभियोगमा पक्राउ

0
Shares

पर्वत ।

जार मूल्य भन्दा बढी मूल्य लिएर एलपि ग्याँसको कालोबजारी गरेको अभियोगमा जलजला गाउँपालिका-३ स्थित दिप्सन मेटल स्टोर्सका संचालक ४० वर्षीय मिन प्रसाद रेग्मीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण उत्पन्न परिस्थितिमा रेग्मीले बजार मूल्य भन्दा बढी मूल्य लिएर एलपि ग्याँस बेचेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको  हो ।

उनी उपर कालोबजार तथा अन्य सामाजिक अपराध ऐन, २०३२ अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।