लमजुङमा २० हजार बढीको स्वास्थ्य जाँच

0
Shares

शिक्षा पन्त, लमजुङ  ।

लमजुङमा कोराना भाइरस संक्रमणको आशंकामा २० हजार ३ सय ८३ जनाको स्वास्थ्य जाँच गरिएको छ । आठ स्थानीय तहमा हालसम्ममा ६८ ठाउँमा ९ सय ४९ वेड क्षमताको क्वारेन्टाइन निमार्ण गरिएको छ ।

वैदेशिक रोजगारको क्रममा भारत लगायतका विभिन्न देशबाट आएका २ सय ८० जनामा एक सय जनाले क्वारेन्टाइनमा बसेका छन् भने एक सय ८० जना स्वास्थ्यकर्मीहरुको निगरानीमा सेल्फ होम क्वारेन्टाइन बसेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण बहादुर खड्काले जानकारी दिनुभयो ।

लमजुङका नाका सुन्दरवजार नगरपालिकाको पाउँदी, मध्यनेपाल नगरपालिकाको रामवजार र सोतीपसलमा तथा जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा स्वास्थ्य चेकजाँचको क्रममा स्वास्थ्य चेक जाँच गरिएको प्रजिअ खड्काको भनाई छ । लमजुङबाट कोराना संक्रमणको आशंकामा ९ जनाको स्वाव परीक्षणको लागी टेकु अस्पताल पठाइएकोमा सबैको रिर्पोट नेगेटिभ आएकोे छ ।