चौध दिन क्वारेन्टाईनमा बसेकाको रिपोर्ट नेगेटिभ आए घर फर्काइने

0
Shares

सञ्जय कार्की, रौतहट ।

चन्द्रनिगाहपुरको क्वारेन्टाईनमा बसेकाहरुको चौध दिनपछि प्रदेश जनस्वास्थ्य प्रयोगशालाले परिक्षणका लागि स्वाब संकलन गरेको छ । स्वाबको नतिजा आएपछि मात्रै उनीहरुलाई घर फर्काईने भएकोछ । रौतहटको क्वारेन्टाईनमा राखिएकाहरुको अहिले सम्म गरिएको स्वाब परिक्षणमा सबैको नेगेटिभ रिर्पोट आएको छ ।

चन्द्रपुर, गुजरा, बृन्दाबन र गडिमाई नगरपालिकाको ५० लाखको बिनियोजित बजेट बाट चन्द्रनिगाहपुरमा क्वारेन्टाईन संचालनमा ल्याइएको हो । बिदेशमा रोजगारी गरेर फर्किएका लाई उनीहरुको अबस्थाको बारेमा जानकारी लिन चौध दिन सम्म क्वारेन्टाईनमा राखिने उदेश्य सहित क्वारेन्टाइनमा निर्माण गरिएको हो । क्वारेन्टाईनमा बसेका ५७ जना मध्ये ५४ जनाको परिक्षणको लागि स्वाब निकालिएको जनाइएको छ ।

चन्द्रनिगाहपुर अस्पतालका डाक्टर श्याम बाबु साहले परिक्षणमा उनीहरुको रिपोर्ट नेगेटिभ आएमा घर फर्कानेछ । उहाका अनुसार संकलन गरिएको स्वाब जनकपुरमा पहिलो चरण परीक्षण पछि पुन परिक्षणको लागि काठमाण्डौ लगिएको छ ।

क्वारेन्टाईनमा बस्नेहरुको लागि उचित खानपिनको ब्यबस्था भएपनि मनोरञ्जन र खेल सामग्रीको प्रबन्ध हुन नसक्दा उनीहरु भित्र निराश भएका छन । बस्नको लागि कुर्सीको ब्यबस्था समेत गरिएको छैन । खेलको लागि क्यारेमबोर्ड भएपनि मन भुलिने उनीहरुको गुनासो रहेको छ ।

 

यस्तै टेलिभिजन मात्र भएपनि मनोरञ्जन हुने भन्दै उनीहरु भन्छन सुत्न र खान भन्दा बाहेक केही सुबिधा नदिदा हामी निराश भएका छौ । बिदेश बाट फर्केकै भरमा राखिएको छ हामीलाई कुनै कोरोना संक्रमणको कुनै लक्षण पनि छैन तर पनि मनोरञ्जन र खेल सामग्री मात्रै उपलब्ध भए पनि दिन बिताउन सजिलो हुने उनीहरुको कथन रहेको छ ।

कोही मानिस आउदा समेत क्वारेन्टाईनमा घेरिएको जालिमा झुम्दै उनीहरु हेर्नको लागि निस्कने गरेका छन । कोरोना भाईरस भित्रिन र फैलन नदिन स्थानीय प्रशासन चनाखो रहेको प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरेले बताउनु भयो ।