घनश्याम बगाले, नवलपरासी
पश्चिम नलपरासीको सिमावर्ती क्षेत्र सुस्ताको गुदरियामा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।
सुस्ता गाउँपालिका २ निवासी रामविलाश रायको घरमा बेलुका आगलागी भएको थाहा पाएपछि प्रहरी, सीमा सुरक्षा सशस्त्रबल र स्थानीयको सहयोगमा आगो नियन्त्रण गरिएको कुडिया प्रहरीले जनाएको छ ।
प्रहरी चौकी कुडियाका अनुसार आगलागीबाट रायको घरमा रहेका खाद्यन्न, धनमाल तथा लत्ता कपडा गरी करिव २ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
लकडाउनका बेला रायको घरमा आगलागी भै विचल्ली भएपछि अध्यक्ष रामप्रसाद पाण्डेले पीडित परिवारलाई एक बोरा चामल, १० किलो दाल र १ थान त्रिपाल उपलब्ध गराउनु भएको छ ।











प्रतिक्रिया