टेक्टर दूर्घटनामा चालकको मृत्यु

0
Shares

नवलपरासी ।

पूर्वी नवलपरासीको बौदिकाली गाउपालिका ३ रिब्दीमा विहिबार सांझ टेक्टर दूर्घटना हुदा स्थानीय युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भे १ त ९७४० नम्वर टेक्टरका चालक सोही ठाँउ निबासी २४ वर्षीय तुलविर मसरांगी मगर रहेको जिप्रका पूर्वी नवलपरासीले जनाएको छ ।
मसरांगीले सांझको समयमा बारी जोत्ने क्रममा टेक्टर अनियन्त्रित भई पल्टदा सो दूर्घटना भएको हो ।

दूर्घटना लगतै उनलाई उपचारर्थ प्राथमिक स्वास्थ्य केन्द्र रकुवा लगिए लगतै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
प्रहरीले घटनाबारे अनुसन्धान अगाडी बढेको जनाएको छ ।