पूर्वमन्त्री सुब्बाकाे कोभिड–१९ प्रकोप विरुद्धको राहत कोषमा दुई लाख


न्युज अफ नेपाल, इटहरी ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता, पूर्वमन्त्री रामकुमार सुब्बाले कोभिड–१९ प्रकोप विरुद्धको राहत कोषमा दुई लाख रूपैयाँ सहयोगको घोषणा गरेका छन् ।

पूर्वमन्त्री सुब्बाले आफ्नो नीजि होटल ‘चिन्तन चौतारी’ क्वारेन्टाइन सेवाका लागि उपलब्ध गराउने पनि जानकारी गराएका छन् । यस क्रममा स्थानीय सरकारसँग सहकार्य गर्ने बताइएको छ ।

इटहरी नगरबासी द्वारिकालाल चौधरीले जनाएअनुसार, राप्रपा नेता सुब्बाले एकान्तबासमा बसेका जनसाधारणलाई खाना खुवाउने प्रबन्धसमेत मिलाउने तयारी गरेका छन् ।