महेश सिंह, सिरहा ।
विश्व माहामारीको रूपमा फैलिएको कोरोना भाईरस नेपालमा पनि देखा परेको छ् । नेपाल सरकारले कोरोना भाईरस अर्थात कोभीड १९ को संक्रमणबाट बचन नेपाल भरि लकडाउनको नियम पाल्ना गर्न नेपाली सेना नेपाल प्रहरी ,सशस्त्र प्रहरी परिचालन गरिएका छन् । नेपाल सरकारले चैत ११ गतेदेखि देशभरि लकडाउनको निर्णय गरेको हो । मंगलबार १५ औ दिन चलिरहेको बेला सिरहामा चेक जाचमा कडाई गरेका छन् ।
लकडाउनको नियम उल्घन गर्ने व्यक्तिलाई कारबाही समेत गर्ने निर्णय गरेका हुन् । मंगलबार प्रहरीले सिराहामा ‘लकडाउन’अवज्ञा गरेर चलाइएका मोटरसाइकल २५ वटा, एम्बुलेन्स १, ट्रयाक्टर १ र ट्रक १ गरी जम्मा २८ वटा सवारी साधन नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहा मातहतबाट खटिएको प्रहरी गस्ती टोलीले लकडाउन उलङघन गरी चलाईएको उक्त सवारी साधनलाई आवश्यक कार्वाहीको लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ ।
साथै खाली एम्बुलेन्स सडकमा चलाएकोले एम्बुलेन्स पनि नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कर्यालय सिरहाले जनाएका हुन । कोरोना भाईरस स्वास प्रक्रियाको माध्यमबाट र शारिरीक अंगमाल गर्नाले र मानिसको धेरै भिड भाडामा सजिलै पलाउने र एक अर्कामा सजिलैसंग संक्रमित हुने भएकोले लकडाउन गरेको हो।
नेपालमा लकडाउनको प्रभावले यातायात ,उधोग ,कलकारखाना ,शिक्षण संघ संस्था बजार पसलहरु समेत बन्द भएकोले ज्याला मजदुरी गर्ने निम्न बर्ग र अति बिपन्न गरिब भुमिहिन ,सुखुम्बासिहरुको बिचल्ली भएको छ्।











प्रतिक्रिया