कक्षा ११ र १२ को परीक्षा स्थगित


काठमाडौं, (नेस)

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।
विश्वभर फैलिएको कोरोना भाइरसका कारण मंगलबार बिहान बसेको बोर्ड बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेले जानकारी दिनुभयो ।

बैठकले वैशाख २१ गतेदेखि हुने भनिएको कक्षा ११ को परीक्षा र वैशाख ८ गतेदेखि हुने भनिएको कक्षा १२ को परीक्षा अर्को सूचना जारी नहुन्जेलका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

बोर्डले जारी गरेको सूचनामा विद्यार्थी र अभिभावकप्रति पर्न गएको असुविधाप्रति बोर्डले क्षमा मागेको छ । विद्यार्थीलाई घरमै बसेर स्वाध्ययन तथा परीक्षाको तयारी गर्न आग्रह गरिएको छ ।