कोरोनाविरुद्ध लड्न प्रदेश सरकारको पूर्ण तयारी

0
Shares

न्युज अफ नेपाल,विराटनगर ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले कोरोना भइरस (कोभिड १९) विरुद्ध लडन पूर्ण तयारी गरेको बताउनु भएको छ । शुक्रबारदेखी सञ्चालनमा आएको (कोभिड–१९) विशेष अस्पतालको निरीक्षण गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकार कोरोना विरुद्ध लड्न प्रदेशका सबै क्षेत्रसंग सहकार्य गरेर अगाडि बढेको बताउनुभयो ।

विश्वमा माहामारीका रुपमा फैलिएको कोरोना भइरसको संक्रमणबाट प्रदेशबासीलाई बचाउँने अभियानमा प्रदेश सरकार रहेको भन्दै मुख्यमन्त्री राईले सरकारले गर्नुपर्ने तयारीका सबै काम गरिरहेको बताउनुभयो । प्रदेश सरकारले विज्ञ चिकित्सकहरुको टोली गठन गरेर विभिन्न अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मी, विशेष अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकका लागि चाहिने फरक फरक खालका स्वास्थ्य सुरक्षाका समाग्रीको र त्यसको आपुर्तीका लागि अध्ययन गरिरहेको बताउनुभयो ।

यस्तै क्वारेन्टाइनमा रहेकाहरुको सुरक्षा र खाने बस्ने व्यवस्था सरकारले मिलाएको उहाँले जानकारी दिनुभयो । उहाँले अहिलेसम्म प्रदेशमा कसैलाई यसको संक्रमण नदेखिए पनि प्रदेश नं १ उच्च जोखिममा रहेको बताउँदै उहाँले यसबाट बच्न उच्च सावधानी र सर्तकता अपनाउन सबै नागरिकलाई अपिल गर्नुभयो ।

प्रदेश सरकारले नेशनल ट्रेडिङको पुरानो भवनलाई कोशी अस्पताल अन्र्तगत रहने कोरोना विशेष अस्पतालका रुपमा विकास गरेको हो । १० बेडको भेन्टीलेटर सहित ५० वेडको अस्पतालमा विरामीको चाप बढेमा ७० जनासम्म राख्न सकिने कोशी अस्पतालकी प्रमुखु डा संगिता मिश्रले बताउनुभयो । प्रदेश सरकार मन्त्री परिषदको चैत ९ गतेको बैठकले कोरोना विशेष अस्पतांल बनाउने निर्णय गरेको थियो ।