गरिब र पहुँच नहुनेलाई लकडाउन

0
Shares

बासुदेव शर्मा, जाजरकोट।

जाजरकोट सदरमुकाम खलंगामा पाँचवटा गाडी भित्रिएका छन् । कोरोना भाईरसको संक्रमणलाई रोक्नको लागी चैत्र २० देखि २५ गते सम्म पुर्णरुपमा वन्द गर्ने भनिए पनि ताप्लेजुङ हुदै खलंगा, कालेगाउँ, रिम्ना, कालीमाटि लगाएतका ठाउँ मानिसहरुलाई ल्याएर ५ वटा गाडी सदरमुकाम खलंगा भित्रिएका छन् । कर्णाली प्रदेशका सवै जिल्लामा अन्य प्रदेश लगाएत

बाहिरबाट आएका गाडीलाई प्रवेश गर्न नदिने भने पनि पहुचको भरमा यात्रु बोकेर गाडी भित्रिने गरेका छन् । लग डाउनको पालना गर्ने सरोकारवालाहरु आफैले लग डाउनको पालना गरेका छैन्न । नेपाल सरकारले उद्योग धन्दा, कलकारखाना वन्द गरेका वेला गाउँमा साना साना योजनाका कामहरु जनप्रतिनिधिले संचालन गरिरहेका छन् । किसानहरु खेतीपाती भित्रयाउन

किसानहरुलाई खेतिपाति भित्रयाउने चटारो छ भने अर्कोतिर गरिव विपन्न वर्गहरुलाई लग डाउनले गर्दा भोकै वस्नु पर्ने अवस्था सृजना भएको छ ।
नेपाल सरकारले विश्वमा फैलिएको कोरोना भाईरसको संक्रमणलाई रोक्ना लग डाउन गरेको हो । लग डाउनको कार्यन्वयन गर्ने तल्लो तहका सरकार आफैले पुर्णरुपमा पालन गरेको पाईदैन ।

चैत्र २० गतेबाट २५ गते सम्म कर्णाली प्रदेशका कुनै पनि जिल्लामा यात्रु वोकेर ओसार पसारको कामलाई पुर्णरुपले वन्द गर्ने निर्णय गरि जिल्ला प्रशासन कार्यालयलाई पास नदिन अनुरोध गरेको प्रदेश सरकारले आफैले यात्रुहरु भित्रयाउन थालेको छ । लामो समय नेपालगंजमा बसेर लग डाउनको चपेटामा परेका जाजरकोट आसपास र चौरजाहरीका १६ जना यात्रुहरुलाई आज देखि पुर्ण रुपमा कर्णाली प्रदेशका कुनै पनि जिल्लामा गाडीलाई प्रवेश गर्न नदिने भन्दै पाँच नम्वर प्रदेशको सिमाना बर्दियाको बवाईबाट सम्वन्धित स्थान नेपालगंजमै फिर्ता गरिएको थियो ।

हिजो २० गते त्यस्तो निर्णय सुनाउदै सम्वन्धित ठाउँमा फिर्ता गरेको प्रदेश सरकारले २१ गते ५वटा गाडी सदरमुकाम खलंगा भित्रयाको छ । वच्चा र वुढा बुढी बोकेर नेपालगंन्जबाट जाजरकोट आउदै गरेको गाडीलाई कर्णाली प्रदेशका कुनै जिल्लामा प्रवेश नदिने भन्दै फिर्ता गरिएको थियो । कर्णाली प्रदेश सरकारले प्रबेशमा रोक लगाएको भन्दै सुरक्षाकर्मीले गाडी

लगाएत यात्रुलाई सम्वन्धित स्थानमा फिर्ता गरेको हो । कुनैपनि प्रदेशबाट आएका गाडीलाई कर्णाली प्रदेश भित्र प्रबेश गर्न नदिने निर्णय गरेको प्रदेश सरकारले आज ताप्लेजुङ्गबाट आएका ५ वटा गाडी करिव २ सय जना कालेगाउँ, रिम्ना कालिमाटी लगाएतका ठाउँका यात्रु बोकेर गाडी भित्रिएका छन् । प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले सरकारले गरेको

सरकारले गरेका निर्णयलाई कार्यान्वयन गर्ने जिम्मा आफुसग भएको वताउनु भयो । चैत्र २० गते पाँच नम्वर प्रदेशको सिमाना बबाईबाट गाडी रोकेपछि जाजरकोट गाडी ल्याउने विषयमा जाजरकोटका प्रदेशसभा सदस्य माननीय गणेश प्रसाद सिहसग सम्पर्क गर्दा उहाँले पुर्ण रुपले वन्द गरेको भन्दै कुनै पनि गाडीलाई पास नदिने भन्नु भएको थियो । सम्वन्धित ठाउँमा फिर्ता गर्ने आदेश भएको वताउनु भएको थियो ।

२१ गते ताप्लेजुङ्गबाट जाजरकोट सदरमुकाम हुदै आउने यात्रुहरुलाई प्रदेश सरकारले पुर्ण रुपमा गाडी बन्द गर्न गरेको निर्णय कता लुक्यो हिजो लागु हुने निर्णय आज किन लागु भएन यसले गर्दा सोझा जनता मारमा पर्ने ठालुहरुले फाईदा लिने बेला आएको स्थानियहरुले वताउने गरेका छन । हिजो फिर्ता पठाउने सरकारले आज किन पठाउन सकेन किन रोक्न सक्नु भएन किन सम्वन्धित स्थानमा पठाउन सकेन सरकारले त्यता तर्फ ध्यान किन गएन के ताप्लेजुङ्गबाट आउने यात्रु सवै कोरोरा परिक्षण गर्दै आएका हुन । कोरोना भाईरसलाई रोक्नु भन्दा सरकारले काम गर्न लागेको स्थानियहरुले वताउने गरेका छन् ।