बागमतीमा प्रदेश कोभिड संकट व्यबस्थापन समिति गठन

0
Shares

रोशन पराजुली,हेटौंडा ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार लगायतका कार्यहरुलाई व्यबस्थित र समन्वयात्मकरुपमा गर्न सशक्त र प्रभावकारी संयन्त्रका रुपमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा प्रदेश कोभिड संकट व्यबस्थापन समिति गठन गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको कार्यदिशाअनुसार

समितिको सदस्यहरुमा सामाजिक विकास मन्त्री, आन्तरिक मामिला तथा कानुन मन्त्री, आर्थिक मामिला तथा योजना मन्त्री, प्रमुख सचिव, नेपाली सेनाका प्रमुख, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रदेश प्रमुख र हेटौंडा उपमहानगरपालिका प्रमुख हरिबहादुर महत सदस्य रहनुभएको छ ।

समितिले कोरोनाको रोकथाम, नियन्त्रण र उपचारमा सहयोग, समन्वय, सहजीकरण र अनुगमन गर्ने, औषधि उपकरण तथा स्वास्थ्य सामग्रीलगायत आवश्यक बस्तु वा सेवाको आपूर्तिको व्यबस्थापन र अनुगमन गर्ने, आवश्यक पर्ने जनशक्तिको व्यबस्थापन गर्ने, अस्पतालहरुको मापदण्डअनुसारको आईसोलेशन र आईसीयुको ब्यबस्थापन गर्ने, मापदण्डअनुसार क्वारेन्टाइन निर्माण तथा व्यबस्थापनलगायत कार्य गर्नेछ ।

समितिमा उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव, उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयका सचिव, सामाजिक विकास मन्त्रालयका सचिवहरुलाई सदस्यमा र मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिवलाई सदस्य सचिवमा मनोनित गर्नुभएको छ ।