पोखरामा कुनै पनि कोरोना संक्रमण प्रमाणित भएको छैन – स्वास्थ्य मन्त्रालय

0
Shares

भगवती तिमल्सिना,काठमाडौ।

विश्वमा फैलिएको कोरोना भाइरस कोभिड १९ को संक्रमण र मृत्युले आम जनमानसमा निकै त्रास फैलिएको अवस्थामा आधिकारी निकायको सूचना बेगर कोरोना भाईरस संक्रमित संख्या बढ्यो भन्ने त्रास नफैलाएन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संचारमाध्महरुलाई आग्रह गरेको छ । शुक्रवार पोखरामा सातौ कोरोना भाईरस संक्रमित प्रमाणित भन्ने समाचार बाहिरिए लगत्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सहि सत्य सूचना संम्प्रेषण गर्न आग्रह गर्नुभएको हो ।

उहाँले पोखरामा अहिले सम्म कुनै १९ वटा नमून परिक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको पनि जानकारी गराउनुभयो । डा.देवकोटाले नेपालमा अहिले सम्म १ हजार २ सय ७७ जनाको नमूना परिक्षण भएको र ६ जना बाहेक अरु सबैको रिपोर्ट नेगेटिभ आएको बताउनुभयो । उहाँले पछिल्लो समय काठमाडौको टेकू, धरानको विपिकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखराको पोखरा स्वासथ्य विज्ञान प्रतिष्ठानमा ल्याब परिक्षण शुरु भैरहेको छ ।

त्यसैगरि हेटौडा, जनकपुर र सुर्खेतमा परिक्षण शुरु भएको बताउनुभयो । कोभिड १९ को नमूना परिक्षणको दायरा बढाउँदै उपत्यका बाहिर पनि परिक्षण शुरु गर्ने क्रममा ल्याब विस्तारका भैरहेको र वुटवलमा पनि जडान कार्य शुरु भैरहेको डा.देवकोटाले जानकारी गराउनुभयो । शुक्रवार सम्म नेपालभर १ सय २० जना आईसुलेसनमा छन् । १५ जना उपत्यकामा र १ सय ५ जना उपत्यका बाहिर हुनुहुन्छ ।

छैटौ केस प्रमाणित भए लगतै मेडिकल्ली मापन अनुसार कन्ट्रयाक टे«सिङ शुरु भैसकेको छ । संक्रमण भएका मध्ये २ जना बाग्लुडमा, २ जना काठमाडौको टेकूमा र १ जनाको धनगढी अस्पतालमा उपचार भैरहेको छ । सबै संक्रमितहरुको स्वास्थ्य अवस्था अवस्था सामान्य रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निःशुल्क कलका लागि तय गरेका दुईवटा कल सेन्टरमा अहिले सम्म ३ हजार ५ सय २ वटा गुनासा कल आएका र आवश्यता अनुसारको सम्बोधन गरिएको पनि डा.देवकोटाले जानकारी गराउनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम जनमानसका लागि सहजताका लागि वेवसाईड, याप्स, भाइबर, कलसेन्टर मार्फत गुनासा गर्न सक्ने व्यवस्था गरेको छ । धेरै मानिसले घरमै बसेर मोबाईलबा सम्भावित लक्ष्यण आफै क्लिक गर्न सकिने अवस्था छ ।

यो सेवामा ५ हजार २६ जना दर्तामा छन् । यो याप्समा सम्भावित, अति सम्भावित गरि दुईवटा दायरा बनाईएको छ । जसमा १ सय ७ जना रेड जुनमा हुनुहुन्छ । तर आशंकामा फम भर्ने मध्य धेरैले नाम, ठेगाना, फोन नम्बर गलत भरेको पाईएको छ । यो तपाईहरुकै सजिलोका लागि हो यस्तो गलत काम नगर्नुहोला । हामी काम गर्न चाहन्छौ । सहयोग पाउनुपर्नेले नपाउने र अनावश्यक जनशक्तिले दुःख पाउने हुन्छ ।

त्यसैगरी भक्तपुरको क्वारेन्टाईनमा रहेका ९६ जनाको नमूना संकलन भैसकेको छ । स्वास्थ्य सेवा र इपिडिमियोलोजीले नमूना संकलनको लागि सहज बनाउने निर्णय गरेको छ । कैलालीमा पनि क्वारेन्टाईनमा रहेकाको नमून संकलन शुरु भैसकेको छ । शुक्रवारै मात्र मेडिकल, लजिष्टिक, शान्ति सुरक्षा र मिडिया मेनेजमेन्टको समूहका बीच छलफल भै सामुहिक छलफल गर्ने र सामुहिक योजना र एक्सनप्लानमा जाने निष्कर्ष निष्किएको छ । कोभिड १९ को सामुहिक कार्यमा जुट्ने काम भएको छ ।

कैलाली र कन्चनपुरमा ९२ जनाको नमूना संकलन गरि परिक्षण शुरु भएको छ । पोखरामा हाल सम्म कुनै पनि पोजेटिभ रिपोर्ट आएको छैन । प्राविधिक रुपमा सिस्टम मिलाउनुपर्ने नर्मल फेनोमेना हो । पोखरामा परिक्षण गरि काठमाडौ आएको हैन । कुनै कुनै केश शंकास्पद भएमा दोहोर्याएर परिक्षण गरेर निष्चित भएपछि मात्र रिपोर्ट बाहिर ल्याइन्छ । अहिले सम्म पोखरामा संक्रमित फेला नपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. देवकोटाले जानकारी गराउनुभयो ।

चिकित्सक स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सेवा विभागले गरेका नोटिसका बारेमा उठेका प्रश्नको जवाफ भनेको अहिले बिदामा नबस्नुहोला भनेर नोटिस निकालेका हौ । अहिले महामारिका बेलामा आफ्नो क्षमताले भ्याएको काम गरौं भनेको हो । चिकित्सकको बिदाको सम्बन्धमा उच्च मनोबलका साथ यस्तो संकटका घडीमा काम गरौं । बिदामा बस्ने बिषय बचेको बिदा पछि सट्टामा लिउला यतिबेला स्वास्थ्यकर्मीहरुले सकेसम्म विदा नबसौ भन्ने हो ।

अहिलेका लागि पिपिईको पर्याप्तता भए पनि पिपिईको प्रयोग धेरै डेमो भएको गुनासो आएको छ त्यस्तो नगर्न अनुरोध गर्दछु । यस्तो गरेमा संक्रमण फैलदा जति ल्याएपनि अपुगनै हुन्छ । त्यसो नगरिदिनुहुन अनुरोध गर्न चाहन्छु । स्वास्थ्यकर्मी चिकित्सकको मनोबल नगिर्ने गरि काम गर्न आम नागरिकहरुलाई अनुरोध गर्दछु ।

विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एशियाको भर्जिएल कन्फरेन्स भएको थियो । कोभिड १९ बाहेक अन्य बिरामीको अन्य देशमा पनि समस्या छ । हरेक मानिस अहिले पनि अन्य रोगका कारण इमरजेन्सीमा परेको हुन सक्छ उनीहरुलाई पनि सम्बोधन गरौ । समस्याका बिरामीका बारेमा पनि हेर्दिनुहोला सर्वत्र आएका गुनासालाई दोहोरिने अवस्था आउन नदिनुहोला डा.देवकोटाले भन्नुभयो ।