‘कोरोनाबाट बच्न’ आईजीपीले छोड्नुभो कार्यालय

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं

 

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि अग्रभागमा रहनुपर्ने नेपाल प्रहरीका प्रमुख ठाकुर ज्ञवालीले आफ्नै सुरक्षाका लागि कार्यालय छोडिदिनुभएको छ ।

 

प्रहरी महानिरीक्षक ज्ञवाली अहिले आफ्नो कार्यकक्ष छोडेर मुख्यालयमा एउटा टेन्ट खडा गरी बस्न थाल्नुभएको छ । उहांँले सकेसम्म कसैलाई पनि भेट नगर्ने, भेट गर्नुपरे पनि टाढा राखेर भेट गर्ने र विभागीय प्रमुखहरूलाई सबै काम गर्न लगाउने गर्नुभएको छ ।

 

आफ्नै कार्यालयमा सुरक्षित सामग्री राखेर बस्नुपर्ने संगठन प्रमुख अहिले दैैवी विपत्ति भूकम्प गएजस्तो गरेर कार्यालय नै छोडेर पालमा बसेको भन्दै उच्च प्रहरी अधिकारीले असन्तुष्टि व्यक्त गरेका छन् । ‘आईजीपी साप किन यति धेरै डराउनुभएको छ, मैले बुझेको छैन।’ –एक प्रहरी अधिकारीले नेपाल समाचारपत्रसँग आश्चर्य प्रकट गरे ।