ज्याकमा फाउण्डेशन र अलीबाबा फाउण्डेशनद्वारा प्रदान गरिएको आवश्यक चिकित्सा सामाग्री नेपाल आइपुग्यो

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

ज्याक मा फाउण्डेशन र अलीबाबा फाउण्डेशनद्वारा प्रदान गरिएको आवश्यक चिकित्सा सामाग्री को पहिलो ट्रीप आज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आईपुगेको छ । । नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त अनुदानको रीसीट लिएको छ र देशभर वितरण गर्नेछ ।

यो वितरण ज्याक मा फाउन्डेसन र अलीबाबा फाउण्डेशनद्वारा दान गरिएको आवश्यक मेडिकल सामाग्रीको एक हिस्सा हो । अनुदानमा २३ एसियाली देशहरुको लागी कुल ७४ लाख मास्कहरु, १ लाख सुरक्षात्मक कपडाहरुका साथै अन्य धेरै अत्यावश्यक चिकित्सा उपकरण र सामाग्रीहरु छन्।

दराज नेपालका प्रबन्ध निर्देशक श्री लिनो अहलरिंगले दुई संस्थाहरूलाई प्रतिनिधित्व गर्दै समारोहमा सहभागीता जनाएका थिए जसमा स्वास्थ्य र जनसंख्या मन्त्रालयलाई उक्त अनुदान प्रदान गरिएको थियो। यस पहलको समर्थन गर्न चीनकी राजदूत सुश्री हौ यान्की तथा स्वास्थ्य र जनसंख्या मन्त्री माननीय श्री भानुभक्त ढकालको पनि उपस्थित रहेको थियो ।

यस्तै यी सामाग्रीहरु अलिबाबा फाउण्डेशन र ज्याक मा फाउन्डेशनले कोविड-१९ बाट प्रभावित एसिया, उत्तरी अमेरिका, ल्याटिन अमेरिका, युरोप र अफ्रिकाका देशहरूमा गरेको विभिन्न प्रकारका चिकित्सा सामाग्री सहयोग मध्ये एक रहेको बताएको छ । अझै केही पहल र सहयोगहरु आउँदो हप्ताहरूमा घोषणा हुन सक्ने जनाईएको छ।