खिजीदेम्बा गाउँपालिकाका सबै जनप्रतिनिधिहरुको एक महिनाको सेवा सुविधा कोरोना नियन्त्रणमा खर्च गरिने

0
Shares

लिला सुनुवार,ओखलढुंगा ।

ओखलढुंगाको खिजीदेम्बागाउँपालिकाले गाउँपालिकाका सबै जनप्रतिनिधिहरुको एक महिना बराबरको सेवा सुबिधा कोरोना भाईरस नियन्त्रणमा खर्च गर्ने निर्णय गरेको छ । खिजीदेम्बा गाउँ कार्यपालिकाको यहि चैत्र १८ गते बसेको बैठकले उत्त निर्णय गरेको हो ।

खिजीदेम्बा गाउँ पालिकामा अध्यक्ष, उपध्यक्ष, ९ वटा वडाका वडाध्याक्ष, कार्यपालिका सदस्य र सबै वडा सदस्यहरु ग्रि ४९ जना जनप्रतिनिधिहरु रहेका छन । सबै जनप्रतिनिधिहरुको एक महिनाको सेवासुबिधा जोड्दा कुल ८ लाख १० हजार हुन आउने र सो रकम खिजीदेम्बा गाउँ पालिकाको बिपद कोषमा जम्मा गरिने खिजीदेम्बा गाउँ पालिका अध्यक्ष बेद बहादुर रोकाले बताए ।

साथै उत्त रकम कोरोना भाईरस रोकथाम, प्रतिकार्य र व्यवस्थापन गर्न खिजीदेम्बा गाउँ पालिका बासीहरुका लागी आबश्यक स्वास्थ्य सामाग्री खरिद गरि बितरण गरिने निर्णय गरिएको समेत गाउँ पालिका अध्यक्ष रोकाले बताए ।