खाद्यान्न होम डेलिवरी गर्न प्रशासनको आग्रह


विमल विष्ट, डोटी ।

कोरोना भाइसर (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि सरकारले दशैभरी गरेको लकडाउनको समय थप गरेसंगै जिल्लाका स्थानीयले खाद्यान्न अभाब हुन थालेको गुनासो गरेपछि जिल्ला प्रशासन कार्यालय डोटीले व्यापारीहरुलाई विहान वेलुका खाद्यान्नका पसलहरु खोल्न अनुरोध गरेको छ ।

 

प्रशासनले एक सार्वजनिक सूचना प्रकासीत गरी दैनिक उपभोग्यका सामग्रीहरु समयमै आपूर्ती गर्न र आवश्यकता अनुसार पिकप जीप, भ्यान जस्ता साना सवारी साधनमार्फत होम डेलिवरीको व्यवस्था गर्न समेत अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलद्वारा हस्ताक्षरित सूचनामा सामान खरिद बिक्रि गर्दा सामाजिक दुरि कायम गर्नु पर्ने उल्लेख गरिएको छ ।

 

त्यस्तै जिल्लामा दैनिक उपभोग्यका सामग्रीहरुको अभाव हुन नदिन समयमै स्टक सामग्रीको एकीन, सम्भावित माग र आवश्यकताको पूर्वानुमान गरी सामग्री सञ्चय गर्न र आपूर्तीको व्यवस्थापन गर्न उद्योग वाणिज्य संघ, चेम्वर अफ कमर्स लाई उक्त सूचनामा अनुरोध गरीएको छ ।

 

लकडाउन समयावधि व्यस्थित हुँदै जाँदा जिल्लामा जण्डै तिन महिनालाई पुग्ने दैनिक उपभोग्यका सामग्री बजारमा स्टक रहे पनि जिल्लामा दैनिक उपभोग्य सामग्रीहरुको समयमै आपूर्ती गरी स्टक राख्न आग्रह गरिएको छ । कोरोना भाइरसको फैलदो संक्रमणलाई रोकथाम तथा नियन्त्रण गर्न गरिएको लकडाउनमा सर्वसाधारणलाई अत्यावश्यक काम बाहेक घर बाहिर न ननिस्किन अनुरोध गरीएको छ ।

 

सूचनामा लकडाउनको अवज्ञागरी बिनाकाम घर बाहिर निस्किनेलाइ कारवाहि गरिने समेत उक्त सूचनामा उल्लेख गरिएको छ । प्रशासनको आग्रह पछि अहिले यहाँका प्रमुख बजारमा रहेका खाद्यान्न पशलहरु खोलिन थालिएका छन भने जीप तथा भ्यानहरुले गाउँ गाउँमा खाद्यान्न सामाग्री ढुवानी गरीरहेको दिपायल पिपल्लाका स्थानीय ललित कलेलले बताउनुभयो ।

 

उहाँले भन्नुभयो- “लकडाउनले यहाँका कतिपय गाउँमा खाद्यान्न सामाग्री अपुग अवस्थामा थियो, प्रशासनले खाद्यान्न आपूर्तिका लागि सहज गराएपछि अहिले सजिलो भएको छ ।” खाद्यान्न बोकेर साना गाडीहरु बिहानैदेखि यहाँका गाउँघरमा जानथालेका छन् । खाद्यान्न आपूर्तिका लागि प्रशासनले सहज गराएपछि यहाँका स्थानीयबासीहरु निकै खुसि भएका छन् ।