बैतडीमा स्वास्थ्यकर्मीपछी वडाध्यक्ष पनि क्वारेन्टाइनमै कुटिए

0
Shares

बिनोद बिष्ट,बैतडी ।

मदिरा सेवन गरि बैतडीको पुर्चौडी नगरपालिकाका एक वडाअध्यक्षमाथि आइतवार कुटपिट भएको छ । पुर्चौडी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राम बहादुर ऐरमाथि कुटपिट हो । वडाअध्यक्ष ऐरलाई सोही वडाका ३७ बर्षीय धर्मानन्द बडुले कुटपिट गरेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिनुुभयो ।

उक्त वडाको ग्वाल्लेक मावि वडलेकमा स्थापना गरिएको क्वारेन्टाइनमा मदिरा सेवन गरि होहल्ला गरिरहेका बडुलाई सम्झाउन खोज्दा वडाअध्यक्ष ऐर कुटिएका हुुन्। कुटपिट गर्ने बडुलाई नियन्त्रणमा लिईएको छ उहाँले भन्नुुभयो‘ मदिरा सेवन गरेर कुटपिट गरेको भन्ने खुल्न आएको छ। ’

वडाअध्यक्षलाई कुुटपिट गर्ने बडुलाई कानुन बमोजिम कार्बाही हुने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । वडाअध्यक्षको अवस्था सामान्य रहेको छ ।  यसअघि चैत १२ गते राती पुर्चौडी नगरपालिका ५ स्थित कुवाकोट स्वास्थ्य चौकीका अहेब करनसिंह धामी पनि क्वारेन्टाइनमै कुटिएका थिए । अहेब धामीलाई स्थानीय नरेन्द्र जागरीले राती साढे १० बजे कुटपिट गरेका थिए । जागरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका छन् ।