वडा अध्यक्ष राहत लिएर घर-घर पुगे


भूपराज बस्याल, स्याङ्जा ।

स्याङ्जा जिल्लाको गल्याङ नगरपालिका वडा नम्बर तीनका अध्यक्ष महेश भट्टराईले विपन्न परिवारहरुको लागि राहत वितरण गर्नु भएको छ ।

 

कोरोना भाइरस (कोभिड १९) का कारण देश लकडाउन भएपछि दैनिकी मजदुरी गरेर जिविकोपार्जन गर्नेहरुको लागि समस्य भएमा सहयोग गर्ने बताउदै आउनुभएका वडा अध्यक्षले सनिवार यस्ता परिवारहरुको लागि दाल चामल लगायत खाद्यान्न वितरण गर्नुभयो ।

 

दैनिकी गुजारा चलाउन समस्य भएका र वडाको सम्पर्कमा आएकाहरुको लागि राहत वितरण गरिएको अध्यक्ष भट्टराईले जानकारी दिनुभयो । बिशेष गरि बजार क्षेत्र रहेको यो वडामा बजारमा काम गरेर दैनिकी गुजारा चलाउने मजदुरहरु यहीँ वडामा बस्ने गर्छन् ।

सरकारले गरेको लकडाउनलाई गल्याङ नगरपालिकाका व्यवसायि, समाजसेवी, बुद्धिजीवी लगायतले पालना गर्दा सफल भएको हुँदा यो लकडाउन बाट गल्याङ नगरपालिका वडा नम्बर ३ का बासिन्दामा दैनिकी गुजारा चलाउन समस्य भए खबर गर्न समेत अध्यक्ष भट्टराईको आग्रह छ ।