तरकारी बजार बन्द गर्न निर्देशन, अवज्ञा गरे कारबाही गरीने


न्युज अफ नेपाल, कञ्चनपुर ।

 

कञ्चनपुरका विभिन्न स्थानमा सञ्चालनमा रहेका तरकारी बजार बन्द गर्न जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले निर्देशन दिएको छ। तरकारी बजारमा किनमेल गर्नेहरुको अनावश्यक भिड भै कोरोना भाइरस (कोभिड–१९) सम्भावित जोखि बढ्ने भएकाले अर्को आदेश जारी नहुँदासम्म तरकारी बजार बन्द गर्न निर्देशन दिइएको हो।

 

कोरोनाको जोखिमलाई मध्यनगर गरी जोखिम न्युनीकरणका लागि अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण उद्योग, कलकारखाना, पसल बन्द भएको अवस्थामा मदिरा पसल सञ्चालनमै रहेको उजुरी आएकाले मदिरा पसल बन्द गर्न सार्वजनिक सूचनामा भनिएको छ।

 

निर्देशन अवज्ञा गरेको पाइए कानुनबमोजिम कारबाही हुने चेतावनी दिइएको जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरका प्रशासकीय अधिकृत कृष्णानन्द जोशीको हस्ताक्षर भएको सूचनामा उल्लेख गरिएको छ।