कोभिड १९ः कालीगण्डकी गाउँपालिकामा १५ लाखको राहत कोष स्थापना


भूपराज बस्याल, स्याङ्जा ।

कालीगण्डकी गाउँपालिका स्याङ्जाले कोरोना भाइरल (कोभिड १९) बाट हुन सक्ने उच्च जोखिम न्यूनिकरणको लागि पन्ध्र लाखको राहत कोष स्थापना गरेको छ ।

सनिवार बसेको गाउँपालिकाको बैठकले पालिकामा भाइरस बिरुद्ध काम गर्नको लागि उक्त राहत कोष स्थापना गर्ने निर्णय गरेको पालिका अध्यक्ष खिम थापाले जानकारी दिनुभयो ।

 

उक्त कोषमा गाउँपालिका व्यबस्थापन कोषबाट सात लाख र बाँकी आठलाख जनप्रतिनिधि, कर्मचारी, शिक्षक, ब्यापारी, समाजसेवी लगायतबाट संकलन गरिने थापाले जानकारी दिनुभयो ।

 

उक्त राहत कोषबाट गाउँपालिका भित्र बनाइएको क्वारेन्टाइनको व्यबस्थापन, पीपीई खरिद लगायतमा खर्च गरिने अध्यक्ष थापाले जानकारी दिनुभयो ।
उक्त गाउँपालिकामा दुबई, कतार, भारतलगायतका देशबाट आएका २८ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ भने पालिका भरी स्वास्थकर्मी परिचालन गरिएको छ ।