कोरोना कोषमा संघीय सांसद र प्रदेश सांसदको एक महिनाको पारिश्रमिक

0
Shares

न्युज अफ नेपाल, धादिङ ।

सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम,नियन्त्रण तथा उपचार कोषमा धादिङ जिल्लाका संघीय सांसद र प्रदेश साम्सदले आफूले साांसद बापत पाउने एक महिलनाको पारिश्रमिक सहयोग गर्ने भएका छन्।

धादिङ जिल्लाबाट प्रतिनीधित्व गर्ने संघीय सांसद एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता खेम लोहनी र भूमि त्रिपाठीले एक एक महिनाको पारिश्रमिक कोषमा सहयोग गर्ने घोषणा गर्नुभएको हो ।

बागमति प्रदेशका चारै जना प्रदेश सभा सदस्यहरुले प्रदेश सरकारले स्थापना गरेको कोरोना कोषमा आफ्नो सांसद वापतको एक महिनाको तलव जम्मा गर्ने घोषणा गर्नु भएको छ ।

बागमति प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रि शालिकराम जमरकट्टेल, सासंदहरु राजेन्द्र प्रसाद पाण्डे, डा. रामकुमार अधिकारी र नेपाल ट्रेड युनियन महासंघका अध्यक्षएवं बागमति प्रदेश सांसद जगत सिंखडाले कोरोना कोषमा एक महिनाको पारिश्रमिक बापतको रकम जम्मा गर्ने घोषणा गर्नुभएको राससलाई टेलिफाृेनबाट जानाकारी दिनुभएको हो ।

कोरोना भाइरसको संक्रमण रोक्न रमहामारीबबाट बचाउनसरकारले गरेको तयारीमासाथ दिने भन्दै सांसदहरुले नागरिकहरुलाई सावधानी अपनाउन सासंदहरुले आग्रह गर्नुभएको छ ।

कोभिड १९ कोरोना भाइरसले स्वास्थ्य क्षेत्रमा परेको जटिल समस्यालाई विशेष ध्यानमा राखी सेवा तथा सहयोग गर्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, उद्योगी व्यावसायी तथा सम्पूर्ण सहयोगी महानुभावहरुलाई आग्रह गर्नुभएको छ । उहाँहरुले तीनै तहका सरकारले व्यवस्थित र प्रभावकारी काम गरिरहेकाले आतंकित नभई सेल्फ क्वारेन्टाईनमा बस्न, स्वास्थ्यमा समस्या आए स्वास्थ्य संस्थामा जान आग्रह गर्नुभएको छ ।