सिन्धुलीमा ७८ बेडको क्वारेन्टाईन, २० बेडको आईसोलेसन निर्माण

0
Shares

बुद्ध नेपाली, सिन्धुली ।

 

विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाईरस्(कोभिड–१९) का संकास्पद विरामीहरुलाई राखेर उपचार गर्न सिन्धुली जिल्लाभर ७८ बेडको क्वारेन्टाईन, २० बेडको आईसोलेसन बेड निर्माण गरिएको छ ।

 

सिन्धुलीका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले शुक्रवार प्रेस नोट निकाल्दै सिन्धुलीका सबै स्थानिय तहहरुले र जिल्ला अस्पतालले गरी ७८ बेडको क्वारेन्टाईन, १६ बेडको आईसोलेसन बेड निर्माण भएको जानकारी दिनुभएको हो ।

कोरोनाको माहामारी रोकथाम तथा नियन्त्रणका लागि पुर्व तयारीमा जुट्ेका स्थानिय सरकारहरुले क्योरन्टाईन र आईसोलेसन वार्ड बनाउन जोड दिएका छन् । सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीमा रहेको भूसंरक्षण कार्यालयको भवनमा ३९ बेडको क्यारेन्टाईन स्थल निर्माण गरिएको छ ।

 

कमलामाई नगरपालिका, नेपाली सेनाको बद्र्धबहादुर गण, सिन्धुली अस्पताल र नेपाल रेडक्रस सोसाईटी शाखा सिन्धुलीको सक्रियतामा उक्त क्यारेन्टाईन निर्माण गरिएको नगरपालिकाका सूचना अधिकारी सागरकुमार ढकालले बताउनुभयो ।

 

उहाँका अनुसार अहिले ३९ वटा शय्याको क्वरेन्टीन निर्माण भए पनि आवश्यकता अनुसार अरु १० वटा बेड थप्न आवश्यक सबै सामग्री तयारी अवस्थामा राखिएको छ । क्वरेन्टीन निर्माण गर्न जिल्ला प्रशासन कार्यालय बसेको पुरानो भवन पनि तयारी अवस्थामा राखिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

 

दुधौली नगरपालिकामा १० बेडको क्योरन्टाईन, २ बेडको आईसोलन कक्ष, गोलन्जोर गाउपालिकामा २० बेडको क्वारेन्टाईन, २ बेडेको आईसोलेसन कक्ष, तिनपाटन गाउपालिकामा ७ बेडको आईसोलेसन कक्ष तयार गरिएको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी तथा विपद् व्यवस्थापन समितिका संयोजक योगेन्द्र प्रसाद पाण्डेले जानकारी दिनुभयो ।

 

मरिण गाउपालिकामा ४ बेडको क्यारेन्टाईन, २ बेडेको आईसोलेसन कक्ष, हरिहरपुरगढी गाउपालिकामा ५ बेडेको क्यारेन्टाईन तयार भएको उहाँले जानकारी दिनुभयो ।

 

जिल्लाको सुनकोसी गाउँपालिकाको सहयोगमा खाल्टे स्थित आत्मीय सामुदायिक अस्पतालमा दुई बेड र प्राथमिक स्वास्थ्य चौकी रातमाटामा दुई बेडको आइसोलेसन बेड स्थापना गरिएको छ ।

 

जिल्लामा यस अघि सिन्धुली अस्पतालले तिन बेडको आइसोलेसन तयार गरी संचालनमा ल्याएको छ। त्यस्तै मरिण गाँउपालिकाले पनि मरिण बहुमुखी क्याम्पसमा पाँच सय जना क्षमताको क्वरेन्टीन निर्माण गर्न तयारी सुरु गरेको गाउँपालिका अध्यक्ष पानीराज बम्जनले जानकारी दिुनुभयो । घ्याङलेख गाउपालिकामा क्यारेन्टाईन निर्माणको क्रममा रहेको गाउपालिकाले जनाएको छ ।