वडाले माक्स उत्पाद गर्दै निःशुल्क बाड्ने

0
Shares

बुद्ध नेपाली, सिन्धुली ।

 

बजारमा माक्सको अभाव भईरहेका बेला सिन्धुलीको तिनपाटन गाउँपालिका वडा नं. १ वेलघारीले वडाबासीहरुलाई निःशुल्क माक्स वितरण गर्ने भएको छ । वडा आफैले माक्स उत्पादन गरि सवै वडाबासिलाई निःशुल्क माक्स वितरण गर्न थालेको हो ।

 

विश्वभर फैलिरहेको कोरोना भाईरस्( कोभिड–१९) को संक्रमणबाट बच्न उपयोगी हुनेभएकाले संक्रमण नहोस भन्ने उद्धेश्यले माक्स वितरण गर्न थालिएको तिनपाटन गाउँपालिका –१ का वडा अध्यक्ष गोविन्द राउतले जानकारी दिनुभयो । माक्स उत्पादन गर्न चाहिने आवश्यक सामाग्री सिन्धुलीमाढीबाट खरिद गरि ल्याइएको र हाल ६ जनाले दैनिक माक्स उत्पादन गरि रहेको उहाँले बताउनुभयो । हाल सम्म १३ सय माक्स उत्पादन भै सकेको उनले जानकारी दिनुभयो ।

 

अवको केही दिन भित्रमा सवैको घर घरमा पुगेर माक्स वितरण गर्ने उहाँले बताउनुभयो । लकडाउनले गर्दा बजारमा गएर माक्स किन्न सक्ने अवस्था नभएपछि वडाबासीहरुले माक्स लगाउन नपाएको गुनासो गर्न थालेपछि सवैलाई निःशुल्क माक्स वितरण गर्ने योजना बनाएको उहाँले बताउनुभयो । यस्तै वडाले सरकारले गरेको लकडाउनको पुर्ण पालना गर्न सवै नागरिकलाई सचेत गराउदै कोरोना भाईरसबाट बच्ने उपायका बारेमा जानकारी दिदै तीन स्थानमा सावुन पानि सहितको धारा निर्माण गरेको उहाँले सुनाउनुभयो ।

 

वडाले ३ वेडको क्वारेन्टाईन बनाएको र आवश्कयता अनुसार क्वारेन्टाइनमा वेड थप्ने उहाँको भनाई छ । साथै वडाले विदेशबाट आएका ६ जनालाई होम क्वारेन्टाइनमा राखेको र स्वास्थ्यकर्मीको टोलिले नियमित चेकजाँच गरि रहेको उहाँले बताउनुभयो ।