नेपाल बारद्धारा कोरोना भाइरसको संक्रमणका लागि २ लाख सहयोग

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपालमा कोरोना भाइरसको संक्रमण भएकालाई उपचारका लागि र स्वास्थ्य कर्मीको लागि बन्दोबस्तीको सामान खरिद गर्नको लागि भनी नेपाल बार एशोसिएशनले २ लाख रुपियाँ उपलब्ध गराएको छ ।

नेपाल बारका महासचिव लीलामणि पौडेलले शुक्रबार विज्ञप्ति जारी गरी त्यसका लागि आफ्नो संस्थाले २ लाख रुपियाँ बैंकको खातामा राखिसकेको उल्लेख गर्नुभयो ।

नेपाल बारले आफ्ना इकार र कानून व्यवसायीहरुलाई पनि सक्दो सहयोग गर्न आब्हान गरेको छ । त्यसका लागि राष्ट्रिय बाणिज्य बैंक, पुतली शाखाको चल्ती खाता नम्बर ११३००००६९४०१ खोलिएको नेपाल बारले जनाएको छ ।

बारको विज्ञप्तिमा उल्लेख गरिएको छ—‘इच्छुक बार एकाइ तथा कानून व्यवसायीज्युहरुले सोही खातामा स्वेच्छिक रुपमा रकम जम्मा गर्नुृभई देश र जनतालाई पर्न गएको महाविपतमा सक्दो सहयोग गर्न हुन सादर अनुरोध गरिन्छ ।’