भूपराज बस्याल, स्याङ्जा ।
स्याङ्जाको हरिनास गाउँपालिकामा रहेको इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवलदार रविन्द्र पौडेलको पेस्तोल पड्किँदा मृत्यु भएको छ ।
दिनभरीको डियुटीपश्चात् हतियार थन्काउने क्रममा अचानक पड्किँदा घाइते भएका पौडेलको उपचारको क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो ।
गोलि लागेर उपचारको लागि मणिपाल अस्पताल पोखरा लगिए पनि डाक्टरले उहाँलाई मृत्यु भएको घोषण गरेका थिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रजिअ कुरुम्बाङले बताउनुभयो । लास हाल पोखरा मणिपाल अस्पतालमै रहेको पनि उहाँले जानकारी दिनुभयो ।











प्रतिक्रिया