सहजपुर बोगटान सडकमा अल्पत्रपरेका ३ सय श्रमिकको उद्दार

0
Shares

विमल विष्ट, डोटी ।

कैलाली जिल्लाको सहजपुर देखि डोटीको बोगटान जोड्ने सडकमा अल्पत्र परेका श्रमिकहरुको उद्दार गरिएको छ । सरकारले गरेको लकडाउनका कारण सो सडकमा काम गर्ने कम्तिमा पनि ३०० जना श्रमिकको डोटीबाट निर्र्वाचित संघीय सरकारका सांसद प्रेमबहादुर आलेमगरको पहलमा आज उद्दार गरी आ–आफ्नो घर पठाइएको हो ।

 

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि सरकारले गएको मङ्गलवारदेखि देशैभरी लकडाउन गरेपछि खाद्यान्न तथा यातायात नपउदा अल्पत्र परेका उनीहरुलाइ सांसद आलेमगरले गृह मन्त्रालयमा आज पहल गरी उद्दार गर्नु भएको उहाँका स्वकीय सचिब हेमन्त रेग्मीले जानकारी दिनुभयो । उल्पत्र परेका श्रमिकहरु अहिले आफ्नो गृह जिल्ला तर्फ लागेका छन् ।

 

लकडाउनका कारण अल्पत्रमा परेका श्रमिकहरुलाइ गृह मन्त्रालयको आदेशमा १६ वटा ट्रिपर गाडीको पास उपलब्ध गराइ सम्बन्धित जिल्लामा जानका लागि अनुमति दिइएको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनुभयो ।

 

उहाँले भन्नुभयो, “सहजपुर बोगटान सडकमा श्रमिक अल्पत्र भएको र पास अनुमतीका लागि माननीय प्रेमबहादुर आलेमगर ज्यूले गृह मन्त्रालयमा पहल गर्नु भएको रहेछ, र्गह बाट पास दिनु भन्ने आदेश आएपछि हामीले जिल्लाबाट पास दिएर घर जाने अनुमती दिएका छौँ ।”

 

उद्दार गरिएका श्रमिकहरु सुदूरपश्चिमको बझाङ जिल्लादेखि पूर्वी इलामा सम्मका रहेको बताइएको छ । कोभिड–१९ को संक्रमणको रोकथामका लागि सरकारले देशैभरी लकडाउन गरेपछि उक्त सडकमा काम गर्ने श्रमिकहरु खाद्यान्न अभावमा समस्यामा परेको खबर आफुले पाएपछि गृह मन्त्रालयमा पहल गरी सम्बन्धित ठाउँमा पठाउन पहल गरेको संघीय सरकारका सांसद आलेमगरले बताउनुभयो ।

 

उहाँले भन्नुभयो, “लकडाउनले श्रमिक अल्पत्र परेको खबर मैले आज पाए, खबर पाउने बित्तिकै सम्बन्धित निकयमा पहल गरेर उद्दार गरेको छु ।” प्रधानमन्त्री केपीशर्मा ओलीले सिलान्यास गर्नु भएको उक्त सडक लकडाउनका कारण श्रमिक अलपत्र परी घर तर्फ गएका कारण सडक नर्माणको काम पनि रोकिएको छ ।