कोरोनाबाट बच्न आवश्यक सावधानी अपनाउँ: अध्यक्ष डा. दत्त (भिडियाे)

0
Shares

न्युज अफ नेपाल, काठमाडाैँ ।

मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसबाट आफू र आफ्नो समाजलाई बचाउन सरकारद्वारा निर्देशित सावधानीहरु अपनाउन आग्रह गरेका छन ।

विहिबार एक भिडियो सार्वजनिक गर्दै अध्यक्ष डा. दत्तले विदेशबाट आएका नेपाली वा विदेशी नागरिकहरुले कोरोनाको कुनै पनि लक्षण देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य चौकी वा अस्पतालमा सम्पर्क राख्न आग्रह गरेका छन् ।

यस्तो समयमा सबैजना सरकारद्वारा लगाइएको लकडाउनलाई पूर्ण रुपमा पालना गरेर आफु र आफ्नो समाजलाई यस महामारीबाट बचाउन समेत आग्रह गरेका छन ।

यस महामारीको समयमा संघ, प्रदेश तथा स्थानीय सरकारले एक आपसमा सहकार्य र सम्वन्य गरेर उचित उपचारको व्यवस्था समेत मिलाउन अध्यक्ष डा. दत्तले अनुरोध गरेका छन । अध्यक्ष डा. दत्तले यस महामारीको अवस्थामा मधेशी आयोग हरेक क्षण जनतासंग हुने विश्वास दिलाएका छन ।