बुद्ध नेपाली, सिन्धुली ।
सिन्धुलीका एक घरबेटीले कोरोनाको संक्रमणका कारण डेरावालाहरु समस्यामा परेको भन्दै एक महिनाको घरभाडा मिनाहाको घोषणा गर्नुभएको छ । सिन्धुलीको कमलामाई नगरपालिका –६ रातमाटा घर भएका चन्द्रनाथ गौतमले एक महिनाको भाडा नलिने बताउनुभएको हो ।
उहाँ सिन्धुलीको मरिण गाउपालिका वडा नं. २ का निर्वाचित वडा अध्यक्ष समेत हुनुहुन्छ । घरबेटीले एक महिनाको भाडा नलिने बताएको उहाँको घरमा बस्दै आएका एक विद्यार्थी बविता परियारले जानकारी दिनुभयो । ‘हामीले हरेक महिना उहाँहरुलाई घरभाडा दिने गर्ने गरेका थियौं, उहाँले फोन गरेर एक महिनाको कोठाभाडा हामी लिदैनौं भन्नुभयो’ परियारले भन्नुभयो ।
गौतम्को परिवारको साढे २ तला घरमा ३ परिवार बस्दै आएका छन् । विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाईरस्का कारण विषमपरिस्थिती सिर्जना भएको अवस्थामा विद्यार्थीहरुलाई सहज होस् भनेर घरभाडा मिनाहा गरेको उहाँले बताउनुभयो ।











प्रतिक्रिया